१५ भदौ, सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा ज्वरोका बिरामी बढेका छन् । वडा न. २ का एक सयभन्दा बढी स्थानीय भाइरल ज्वरोका कारण बिरामी परेका ...

पहिले एक दुई घरमा देखिएको ज्वरो अहिले गाउँभरी फैलिएको छ । बिरामीहरुमा टाउको दुुख्ने र अत्यधिकज्वरो आउने लक्षण देखिएको छ ।
उपचारका आवश्यक औषधिको अभाव पनि त्यतिकै छ । स्थानीयहरु उपचारका लागि नजिकको शिंगौडी स्वास्थ्य चौकी पुगे पनि औषधि पाउन सकेका छैनन् ।
स्वास्थ्य चौकी औषधि नभएपछि बिरामीहरु ३ घन्टा पैदल दूरीमा रहेको राकम बजार पुगेर उपचार गर्नुपर्ने वाध्यता बनेको छ ।
उता, रुकुमका गाउँहरुमा पनि ज्वरोका बिरामी बढेका छन् । जिल्लाको सानीभेरी गाउँपालिकाका भलचौरलगायतका क्षेत्रमा ज्वरोका बिरामीहरु वढेका हुन् । ज्वरोले गाउँका सबैलाई हैरान वनाएको स्थानीय समाजसेवी दलबहादुर ओलीले जानकारी दिए ।
जिल्लामा ज्वरोका बिरामी वढेको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले स्वीकारेको छ । जिल्लाभर हजारभन्दा बढीको उपचार भइसकेको कार्यालले जनाएको छ ।
केही साताअघि जिल्लाको आठबीसकोट नगरपालिका खदीमा देखिएको भनिएको अज्ञात रोग पनि भाइरल ज्वरो नै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
२०७४ भदौ १५ गते ९:५५ मा प्रकाशित