पथरी, साउन १४ / माेरङकाे पथरीशनिश्चरेमा सुरू भएकाे माेरङ नकाउट च्यम्पेन फुटवत प्रतियाेगिता अन्तरगत भएकाे शनिवारकाे खेलमा बेलबारी फुटवल कल्...
पथरी, साउन १४ / माेरङकाे पथरीशनिश्चरेमा सुरू भएकाे माेरङ नकाउट च्यम्पेन फुटवत प्रतियाेगिता अन्तरगत भएकाे शनिवारकाे खेलमा बेलबारी फुटवल कल्व विजयी भएकाे छ । पथरी स्पाेटिङकाे खेल मैदानमा भएकाे खेलमा एकता युथ कल्वलाई ० का बिरुद्घ २ गाेल अन्तरले बेलबारी फुटवल क्लवले विजयी हुदै सेमिफाईनल प्रबेश गरेकाे छ । बेलबारीकालागी खेलकाे २९ अाैं मिनेटमा भुषण लिम्बुले गाेल गर्दै खेलकाे खाता खाेलेका थिए । दाेस्राे हाफकाे २९ अाै मिनेटमा पुर्न लिम्बुले अर्काे १ गाेल थप्दै खेल खेल २ गाेलकाे अग्रतामा पुर्याए । उक्त खेलमा माेरङ भरिका खेलाडीहरुमात्र खेल्न पाउने छन ।
प्रतियाेगीताकाे बिजेताले नगद रू ३० हजार र उपबिजेताले १० हजार प्रप्त गर्ने छन । सम्भवत याे पहिलाे प्रतियाेगिता हाेला सबै टिम सबै अायाेजक भएर खेलेकाे । ८ वटा टिम बाट ५/५ हजार उठाएर फाईनल जित्नेलाई उक्त खेलकाे खर्च कटार ३० हजार रकम प्रदान गरिने पथरी स्पाेटिङका क्याप्टेन तथा खेल संयाेजक दिपक राईले बताए। दाेस्राे पुरस्कार अमेरिकामा रहेका अजय सेनले प्रायाेजन गरेका छन । राष्ट्रिय खेलकुद परिसद र अखिल नेपाल फुटवल एसाेसिएसनले बिगत लामाे समय सम्म लिग लगायत कुनै पनि खेलकुद गतिबिधी गर्ननसकेकाे कारण खेलाडिहरु अाफाै पाैसा संकलन गर्दै बाजि खेल गर्न थालेकाे पथरी स्पाेटिङ क्लवका पुर्व खेलाडी दिपक पुलामी बताउनु हुन्छ । कुनै लिग नभएका कारण र खेल खेलाए बापत भत्ता अाउने भएकाले रेफ्रीहरु पनि गाँउकाे बाजि खेल खेलाएकाे देखिन्छ बजि खेललाई पनि दर्शकलाई मनाेरन्जन प्रदान गर्न रेफ्री र खेल तालिका बनाएर खेल खेलाएकाे खेलाडीहरु बताउछन ।

२० गते हुने फाईनल खेलमा दुई जना माेरङका पत्रकारलाई नगद १०/ १० हजारले सम्मान गरीने छ । उक्त सम्मानका लागी माेरङ पथरीशनिश्चरेका हाल अमेरिकामा रहेका अजय सेनले हजुरबा सुर्य बहादुर साेम्याहाङकाे स्मृतीमा र क्यानडामा रहेका मनिष सम्बाहाम्फेले बाबू जगत बहादुर सम्बाहाम्फेकाे स्मृतीमा ५०/५० हजारकाे अक्षय काेष खडा गर्नु भएकाे छ । भाेलिकाे खेल पथरी स्पाेटिङ क्लव पथरी र मंगलबारे फुटवल क्लव मंगलबारे बिच हुने संयाेजक दिपक राईले बताए ।

