ताप्लेजुङ/ ताप्लेजुङमा ज्वार्इंको खुकुरी प्रहारबाट सासु र ससुरा गम्भिर घाइते भएका छन् । फुङलिङ नगरपालिका ७ निवासी ५० वर्षिय बिर्ख पालुङ्व...
ताप्लेजुङ/ताप्लेजुङमा
ज्वार्इंको खुकुरी प्रहारबाट सासु र ससुरा गम्भिर घाइते भएका छन् । फुङलिङ
नगरपालिका ७ निवासी ५० वर्षिय बिर्ख पालुङ्वा र उहाँका श्रीमती ५१ वर्षिया
भगिरथा पालुङ्वालाई ज्वाई २५ वर्षिय अञ्जान मगरले खुकुरी प्रहार गरेका
हुन् ।
खुकुरी
प्रहारबाट दुवै जनाको टाउको, हात र खुट्टामा गम्भिर चोट लागेको प्रहरीले
जनाएको छ । एउटै घरमा बस्दै आएका मगरले अत्याधिक मदिरा सेवन गरि गएराती
खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रमुख
ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
घाइते दुवैको जिल्ला अस्पतालमा उपचार हुन
नसकेपछि झापाको बी.एण्ड.सी.अस्पताल रेफर गरिएको छ । घटनापछि ज्वाई मगर फरार
रहेका र खोजी कार्य भइरहेको बस्नेतले बताउनुभयो ।


ब्लाष्टखबर