इटहरी, श्रावण २/ महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरूकाे लागि अग्नि ग्रुपले अाफ्नाे क्षेत्रीय शाखा कार्यालय इटहरी स्थित विराटनगर ...
इटहरी, श्रावण २/ महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरूकाे लागि अग्नि ग्रुपले अाफ्नाे क्षेत्रीय शाखा कार्यालय इटहरी स्थित विराटनगर लाइनमा शुभारम्भ गरेकाे छ । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरूकालागि पूर्वाञ्चलमा स्थापना गरिएकाे साे शाखाले अाफ्ना ग्राहकहरूलार्इ सरल एवं सहज सुविधा प्रदान गर्नका लागि शाखा खाेलिएकाे कम्पनिले जनाएकाे छ ।
स्थापना गरिएकाे शाेरूमबाट अाफ्ना सम्पूर्ण रेन्जका टु ह्विलर सवारी, सर्भिसङ्ग तथा जेन्यून पार्ट उपलब्घ हुने समेत जनाइएकाे छ । इटहरी स्थित नयाँ क्षेत्रिय कायार्लय, शेरूम तथा सर्भिस सेन्टरले र्इटहरी तथा असपासका वासिन्दाहरूलार्इ न्यूनतम मूल्यमा कम्पनिकाे गुणस्तरिय सेवा तथा सुविधा पाउने छन् ।
शाखाकाे शुभारम्भ अग्नि ग्रुपका अध्यक्ष श्री अर्जुन शर्माले गर्नुभएकाे थियाे । त्याहाँ उपस्थित पत्रकारहरू संग संक्षिप्त कुरा गर्दै शर्माले भने कम्पनि केवल सवारी बिक्री गर्न तर्फमात्र नभर्इ ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरूकाे सर्वसुलभता तर्फ पनि बिशेष ध्यान केन्द्रित हुनुका साथै चाहिएकाे वेला सर्वसुलभ तरिकाबाट समयमानै ग्राहकहरूलार्इ स्वेयरपार्ट उपलव्ध गरार्इ सन्तुष्टि दिनु कम्पनीकाे प्रमुख उद्देश्य रहदै अाएकाे बताएका छन्।

अग्नि ग्रुप सन् १९९१ मा नेपालमा स्थापना भएकाे अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पाेरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., बालाजु अटाे बर्क्स प्रा.लि. रहेका छन् । यि कम्पनिहरूले मिहन्द्रा युटिलिटि भृइकल, ट्राक्टर, टु ह्विलर तथा वद्यिुतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै अाइरहेकाे छ ।





