भाद्र ८, साहसी सम्वाददाता गछिया जेसिजले जेसिज सप्ताह समापन तथा तीज बिशेष कार्यक्रम गरेको छ । गछिया जेसिज बर्ष २०१७ का अध्यक्ष अमिस ढकालको ...

भाद्र ८, साहसी सम्वाददाता
गछिया जेसिजले जेसिज सप्ताह समापन तथा तीज बिशेष कार्यक्रम गरेको छ । गछिया जेसिज बर्ष २०१७ का अध्यक्ष अमिस ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुखअतिथि सुन्दरहरैचा नगर प्रमुख शिवप्रसाद ढकाल बिशिष्ट अतिथि नेपाल तरूण दलकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा रहनु भएको थियो । अतिथिहरू सुन्दरहरैचा वाड नम्बर ७ का अध्यक्ष चैतन्य सिटौला, वडा नम्बर ३ का अध्यक्ष जीवन ढुङ्गाना, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बाशु कोइराला तथा विभिन्न वडाका महिला सदस्यहरूको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन गछिया जेसिजका महासचिव मदन दाहालले गर्नुभएको थियो । कार्यक्रमलाई शुभकामना मन्तव्य संस्थापक अध्यक्ष दुर्गा प्रसाद घिमिरेले राख्नु भएको थियो । सोही कार्यक्रममा मनतव्य राख्दै बिशिष्ट अतिथि लक्ष्मी खतिवडाले नेपाली नारीहरूलाई तीजको शुभकामना व्यक्त गर्दै बाढी पहिरो र डुवानको विपत्तीको घडीमा एकतावद्ध भई एक अर्कालाई सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरप्रमुख शिवप्रसाद ढकालले तीजको शभकामना दिदै आफू नगर प्रमुख बन्नुमा जेसिजबाट लिएको तालिमको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । सुन्दरहरैचालाई प्राकृतिक प्रकोपले थिलथिलो पारेकोले राहत र उद्दारका कार्यहरू अगाडी बढाइरहेको जानकारी दिदै सुन्दरहरैचामा विकास निर्माणका कार्यक्रमको योजना बनाउदा जनताका सल्लाह सुझावहरूलाई समेटेर अगाडी बढ्ने बताउनुभयो । कार्यक्रममा साहसी कला केन्द्रका कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रम गछिया चोकमा सम्पन्न भएको थियो।