१२ भदौ, दाङ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का नवनिर्वाचित अध्यक्ष रामप्रसा...


१२ भदौ, दाङ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का नवनिर्वाचित अध्यक्ष रामप्रसाद सापकोटा -दिपशिखा)ले बालकृष्ण ढुंगेलविरुद्धको सर्बोच्च अदालतले गरेको फैसला वाईसीएललाई अस्वीकार्य हुने बताएका छन् ।

बृहत शान्ति सम्झौता आफैंमा कानून भएको तर्क गरेका उनले राज्य र अदालतले त्यो नमानेको आरोप लगाए ।
‘कानून हामीले नमानेको होइन, राज्यले नमानेको हो र त्यही मान भनेर हामीले भनेको हो ।’ दिपशिखाले भने । द्धन्दकालीन घटनाहरू सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत टुङ्ग्याउनु पर्ने उनको धारणा थियो ।
अध्यक्ष दिपशिखाले अदातलले यसैगरी द्धन्दकालीन मुद्दा हेर्दै जाने हो भने माओवादीका प्रत्येक गाउँकमिटीका सदस्यदेखि केन्ऽीय अध्यक्षसम्मलाई मुद्दा लाग्ने स्थिति उत्पन्न हुने भएकोले द्वन्दकालीन मुद्दाको अदालती फैसला समाधान हुन नसक्ने उल्लेख गरे ।
‘त्यसले द्वन्दको हल नहुने, निकास नहुने र समाजमा शान्ति कायम हुन नसक्ने हुँदा आफूहरूले बालकृष्ण ढुँगेलमाथिको फैसला अस्वीकार्य र अमान्य भएको निर्णय गरेका हौं ।’ उनले भने ।
‘माओवादी नेतालाई द्वन्दकालीन मुद्दा लगाउने, हेप्ने, हृयेयको दृष्टिकोणले हेर्ने कुरा वाईसीएललाई स्वीकार्य छैन’ दिपशिखाले भने, ‘शान्ति सम्झौता अनुरुप नभए हामी कांग्रेस र एमालेका शीर्ष नेताविरुद्ध द्वन्दकालीन मुद्दा दायर गर्न बाध्य हुन्छौं ।
उनले वाईसीएल तीन महिने संगठनात्मक अभियानमा रहेको र यसैलेे संघीय र प्रदेश चुनावमा माओवादी केन्द्रलाई जीत दिलाउने गरी खटाइने बताए ।