भाद्र १२ गछिया ,सुन्दरहरैचा ७ गछियामा दूर्गा ड्राइभिङ्ग सेन्टरको उद्घाटन कार्यक्रम भएको छ नेपाल हेकी ड्राइभिङ्ग स्कुलका संचालक शिब श्रे...
भाद्र १२ गछिया ,सुन्दरहरैचा ७ गछियामा दूर्गा ड्राइभिङ्ग सेन्टरको उद्घाटन कार्यक्रम भएको छ नेपाल हेकी ड्राइभिङ्ग स्कुलका संचालक शिब श्रेष्ठको अध्यक्षमा उद्घाटन कार्यक्रम भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचाका नगरप्रमुख शिब प्रसाद ढकाल, विशिष्टअतिथि यातयात् व्यवस्था कार्यालय लाइसेन्सबाट बासुदेव ढकाल रहनु भएको थियो ।अतिथिहरु सुन्दरहरैचा वार्ड न ३ का वडाअध्यक्ष जिवन ढुंगाना, वार्ड न ४ का वडाअध्यक्ष सैलेन्द्र श्रेष्ठ, वार्ड न ७ का वडाअध्यक्ष चैतने सिटौला र कोशी ड्राइभिङ्ग स्कुल संघका अध्यक्षबाबुराम प्रधान,नागरिक समाजका अध्यक्ष राम कुमार कार्की, उधोग वाणिज्य संघका नवराज चापागाई तथा विभिन्न समाजसेवि राजनितीज्ञ व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गछिया जेसिजका महासचिव मदन दाहालले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दूर्गा ड्राइभिङ्ग सेन्टरका संचालक योगेन्द्र पोखरेलले राख्नुभएको थियो । सोहि कार्यक्रममा वडा नं. ३, वडा नं.४, वडा नं. ७ का वडाअध्यक्षहरुले क्रमवद्ध शुभकामना राख्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथी सुन्दरहरैचा नगरप्रमुख शिव प्रसाद ढकालले दूर्गा ड्राइभिङ्ग सेन्टरलाई उत्तरोतर प्रगतिको शुभकामना दिदै सुन्दरहरैचावासीलाई मध्यनजर गर्दै सिप सिकेर दक्ष वनौ ,रोजगारमुलक होउ र नगरपालिकासंग समन्वय गरेर गरिव तथा अति विपन्न परिवारलाई सिप सिकाउने व्यवस्थाकाे पनि वातावरण वनाउने प्रतिवद्दता दिनुभएकाे थियाे ।



