काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासंग गरेको प्रतिवद्धताको बचाउ गरेका छन् ।भारतको पाँचदिने राजकी...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर
देउवाले संविधान संशोधनबारे भारतीय नेतासंग गरेको प्रतिवद्धताको बचाउ गरेका
छन् ।भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आइतबार साँझ स्वदेश
फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार
सम्मेलनमा नेताहरूले के बोल्ने के नबोल्ने भन्ने वियषमा पहिल्यै नीति
बनाउनुपर्ने बताए ।
‘पहिलो नीति बनाउ, विदेश गएर नबोल्ने
भन्या छ र ?’, देउवाले भने, ‘नत्र कसलाई सोधेर जाने ?’ उनले नेताहरूले के
बोल्ने र नबोल्ने विषयमा कोड अफ कन्डक्ट निर्माण हुनुपर्ने बताए ।अाजकाे
नागरीक दैनिकमा खबर छ ।