इटहरी/ ‘के सोचें मैले के भयो अहिले’ भन्ने गीतझैं इटहरी–२ तामाङ टोल निवासी लक्ष्मण र मनमाया तामाङले जिन्दगीमा त्यस्तै अपत्यारिलो दैनिकी भो...
इटहरी/‘के
सोचें मैले के भयो अहिले’ भन्ने गीतझैं इटहरी–२ तामाङ टोल निवासी लक्ष्मण र
मनमाया तामाङले जिन्दगीमा त्यस्तै अपत्यारिलो दैनिकी भोग्नु परिरहेको छ ।

फायलफाेटाे
“छोराछोरी बढ्लान्, पढ्लान् र बूढेसकालको
जीवनमा सुख पाइएला भन्ने सोच्दा सोच्दै लक्ष्मण र मनमायाको जीवन कष्टकर
बन्न पुग्यो । चार सन्तान जन्मेर बाँसको तामा झैँ हुर्कँदै गए । पढ्नका
लागि विद्यालय जान थाले । पढ्दै गए । पढाइमा पनि अब्बल बन्दै थिए तर नौ
वर्षको उमेर पुगेपछि जेठी छोरी अस्मिताको आँखा एकाएक बन्द भयो । ऊ
दृष्टिविहीन बन्न पुगी । ऊ देख्न नसक्ने भई घरको कोठामा कैदी जीवन बिताउन
बाध्य बनी । तामाङ दम्पतीका लागि यो कम्ती पीडादायी घटना भएन ।
लक्ष्मण भन्छन्, “यस्तो पीडा अरु कसैलाई
नपरोस् ।” हुर्केर पढ्न थालेकी छोरीका लागि तामाङ दम्पतीले धेरै अस्पताल
धायो, धामीझाँक्री लगायो थुप्रै दौडधूप र खर्च भयो तर अहँ केही उपाय लागेन ।
अहिले मनमाया र लक्ष्मणका लागि चार सन्तानको हेरचाह र स्याहार चुनौतीपूर्ण
बनिरहेको छ ।
अर्को सन्तानका रुपमा जन्मिएको जेठो छोरो
सरोज पनि स्कुल जान थाले । दिदीको त्यो अवस्था भए पनि छोरो त सद्दे होला
भन्ने आमाबाबुको सपना सरोज नौ वर्ष पुगी कक्षा २ मा पढ्दै गर्दा आँखाको
दृष्टि एकाएक गुम्यो । जेठी छोरी अस्मितापछि जन्मिएको सरोज पनि दृष्टिविहीन
बनेपछि आमाबाबु निराश भए ।
जेठी छोरी र छोराको त्यो हाल भएपछि
हुर्कँदै, बढ्दै र पढ्दै गरेकी अर्की छोरी सुस्मिता पनि विद्यालय
पढ्दापढ्दै नौ वर्ष पुग्नासाथ उनको पनि दृष्टि गुम्यो । उनले पनि दिदी र
दाजु झैँ घरको एउटा कोठामा कष्टकर जीवन बिताउनुपरेको छ ।
मनमाया र लक्ष्मणको कान्छो सन्तानका रुपमा
जन्मिएका सन्दीप पनि अन्य सन्तान सरह नौ वर्ष पुगेर दृष्टिविहीन भए । ऊ
पनि कक्षा– २ मा राम्रोसँग पढ्दा पढ्दै दृष्टिविहीन बन्न पुग्यो । जीवनको
उत्तराद्र्धतिर पुग्दै गरेका आमाबाबुको जीवन झनै कष्टकर र कहालीलाग्दो
बन्यो ।
तामाङ समुदायले पनि उनीहरुको आँखाको रोगको
उपचारका लागि धेरै दौडधूप गर्यो तर जहाँ लगे पनि उनीहरुको उपचार सम्भव
नहुने भन्ने चिकित्सा विज्ञानका विज्ञले तामाङ दम्पतीलाई निराशाजनक उत्तर
दिए । अहिले कान्छो सन्दीप १२ र जेठी छोरी अस्मिता २६ वर्षका तथा अरु दुई
जना २५ र १७ वर्षका छन् । सबै दृष्टिविहीन सन्तानको स्याहारमा संलग्न
मनमाया र लक्ष्मणको दैनिकी पनि ज्यादै कष्टकर छ ।
तामाङ दम्पतीमा परेको यस पीडामा थोरै भए
पनि मल्हमपट्टी लगाउन नेपाल तामाङ घेदुङ युवा समिति र इटहरी मल्टिमिडिया
समूहले ‘१० रुपियाँको चिया पिऔँ, मनमाया र लक्ष्मण तामाङको दृष्टिविहीन
सन्तानमा सघाउ पु¥याऔँँ’ भन्ने तीनदिने अभियान चलाएका छन् । मानवीय सहयोग
जुटाउने अभियान थालेको चन्द्र गोम्देनले जानकारी दिए। रासस