मोरङको कानेपोखरी ३ मा आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । स्थानीय चन्द्रकुमार राईको घरमा आगलागी भएको हो । मृत्यु हुनेमा चन्...

स्थानीय चन्द्रकुमार राईको घरमा आगलागी भएको हो ।
मृत्यु हुनेमा चन्द्रकुमार राई, उनकी आमा गंगामाया राई, बहिनी बिष्णुमाया राई र श्रीमती पार्वता राई रहेका छन् ।
विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
गएराति भएको आगलागीबाट राईको काठको घर पूर्ण रुपमा क्षति पुगेको प्रहरीले बताएको छ ।