काठमाडौँ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएका...
काठमाडौँ
। नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय
वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही
नाकाको स्थलगत अध्ययन गर्ने भएको छ ।
वार्ताका
क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका खोल्न चिनियाँ
प्रतिनिधिमण्डलसँग प्रस्ताव गरेको थियो । प्रस्तावपछि चिनियाँ
प्रतिनिधिमण्डलले नाकाको नाम नलिए पनि पाँचवटा नाकाको स्थलगत अध्ययन
गर्नुपर्ने जवाफ दिएको नेपाली वार्ता टोलीका प्रमुख भौतिक पूर्वाधार तथा
यातायात मन्त्रालयका सहसचिव सरोज प्रधानले जानकारी दिए । ratopati

