काठमाडौं– स्थानीय तह अन्र्तगत गत असोज २ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । २ नम्बर प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहमध...

काठमाडौं– स्थानीय तह अन्र्तगत गत असोज २ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
२ नम्बर प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३१ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अब ५ वटा स्थानीय तहको मात्रै अन्तिम नतिजा आउँन बाँकी छ ।
२ नम्बर प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३१ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अब ५ वटा स्थानीय तहको मात्रै अन्तिम नतिजा आउँन बाँकी छ ।
नतिजा आउँन बाँकी रहेका
स्थानीय तहमध्ये पर्साको वीरगञ्ज महानगरपालिका, सप्तरीको राजविराज
नगरपालिका छन् भने बाराका तीन स्थानीय तहको मतपरिणाम पनि आउन बाँकी छ ।
बाराको कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका र बारागढी गाँउपालिकाको
मतगणना जारी रहेको छ ।
प्रदेश नम्बर २
को एकमात्र वीरगञ्ज महानगरापालिकाको अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने
देखिएको छ । प्रदेश नम्बर २ मा सवैभन्दा बढि तह जित्नेमा नेपाली कांग्रेस
भएको छ । उसले ३८ स्थानीय तहमा जित हासिल गरेको छ । २५ स्थानीय तहमा जित
हासिल गरेको संघीय समाजवादी फोरम दोस्रो र २४ स्थानीय तहमा जित हात पारेको
राष्ट्रिय जनता पार्टी तेस्रो बन्ने निश्चित जस्तै भएको छ ।
त्यस्तै
माओवादी केन्द्र चौथो र एमाले पाचौं दल बनेका छन् । माओवादी केन्द्रले २१ र
एमाले १६ स्थानमा विजयी भएका छन् । नेपाल लोकतान्त्रिक फोरमले ३ तथा अन्य
दलले बाँकी ३ स्थानीय तहमा जित हासिल गरेका छन् । गणना भईरहेका स्थानीय
तहमध्ये संघिय समाजवादी फोरम २, कंग्रेस १ र एमाले २ स्थानमा अगाडि छन् ।
मत गणना जारी रहेका स्थानीय तह
जिल्ला - स्थानीय तह
पर्सा– विरगञ्ज महानगरपालिका
सप्तरी– राजविराज नगरापालिका
बारा– कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका, र बारागढी गाउँपालिका । ratopati
मत गणना जारी रहेका स्थानीय तह
जिल्ला - स्थानीय तह
पर्सा– विरगञ्ज महानगरपालिका
सप्तरी– राजविराज नगरापालिका
बारा– कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका, र बारागढी गाउँपालिका । ratopati