कलाकारलाइ भेट्दा दर्शकले सेल्फी खिच्नु, नजिक हुन खोज्नु त कुनै नौलो कुरा भएन । तर, केही यस्ता फ्यान पनि हुन...
कलाकारलाइ भेट्दा दर्शकले सेल्फी खिच्नु, नजिक हुन खोज्नु त कुनै नौलो कुरा
भएन । तर, केही यस्ता फ्यान पनि हुन्छन् जो कुनै कलाकारलाइ निकै प्रेम
गर्छन् । यस्तै, प्रेम गर्ने फ्यान मध्ये एक हुन् कपनकी सरिता श्रेष्ठ ।
नायिका झरना थापाकी फ्यान सरिताको कथा बेग्लै छ । शुक्रबार चलचित्र ‘ए
मेरो हजुर २’को हल रिपोर्ट वुझ्न काठमाण्डौको गोपिकृष्ण हलमा नायिका थापा
पुग्दा सरिता भेट भइन् । सरिताले एक्कासी झरनालाइ अंकमाल गरिन् र रुन
थालिन् ।
शनिबार उनै सरितालाइ झरनाले मोबाइल गिफ्ट गरिन् । सरिताले आफ्नो नाम
परिवर्तन गरेर ‘झरना’ राखेकी छिन् । आठ बर्षको उमेरबाट झरनाका चलचित्र
हेर्न थालेकी सरिताले ५३ वटा चलचित्र हेरेको बताइन् । उनीसँग मोबाइल छैन,
इन्टरनेट पनि छैन । तर, उनले झरनाका चलचित्र साथीहरुसँग भनेर डाउनलोड गरेर
हेरेकी छिन् ।
उनै, सरिताले नायिका झरना थापाका लागि हात काटेर रगतले ‘आइ लभ यू’ समेत
लेखेकी रहिछन् । शनिबार गोपिकृष्ण हलमा उनले झरनालाइ विभिन्न उपहार दिइन् ।
उनले झरनाका तस्बिर काटेर तयार पारेको एल्बम, झरनाका तस्बिरहरु संकलन
गरिएको २ वटा फोटो एल्बम उपहार दिइन् । नायिका झरना थापाले पनि उनलाइ
मोबाइल गिफ्ट गरिन्
झरनासँग अंकमाल गर्दै रोएकी सरिताले झरनालाइ भेट्न पाउँदा अत्यन्त खुशी
लागेको बताइन् । नायिका झरना थापाले पनि भाग्यमानीले मात्र यस्ता फ्यानहरु
पाउने बताइन् ।