काठमाडौँ । प्रदेश नम्बर २ को जारी मतगणनामा नेपाली काँग्रेसले सबैभन्दा धेरै ठाउँमा अग्रता लिइरहेको छ । मतगणना भइरहेका ३५ स्थानीय तहमध्ये नेप...
काठमाडौँ । प्रदेश नम्बर २ को जारी मतगणनामा नेपाली काँग्रेसले सबैभन्दा
धेरै ठाउँमा अग्रता लिइरहेको छ । मतगणना भइरहेका ३५ स्थानीय तहमध्ये नेपाली
काँग्रेस ११, एमाले ८, माओवादी केन्द्र ७, राजपा ५ र समाजवादी फोरम ४
ठाउँमा अगाडि देखिएका छन् । बाँकी स्थानीय तहको पनि आजबाटै मतगणना सुरु
हुँदैछ । ५ दिनभित्र सबै स्थानीय तहको मत परिणाम आइसक्ने बताइएको छ।