१७ भदौ, बाँके । बाँकेको जमुनाहा नाकाबाट एक युवक एयर गनसहित पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेका सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेक...
१७ भदौ, बाँके । बाँकेको जमुनाहा नाकाबाट एक युवक एयर गनसहित पक्राउ
परेका छन् । भारतबाट नेपाल आउँदै गरेका सुर्खेत भेरीगंगा नगरपालिका–९
जहरेका २९ वर्षीय लालसिंह राना एयर गन र छर्रासहित पक्राउ परेका हुन् ।
सीमामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट एयर गन र छर्रा फेला परेको जनाएको छ ।
रोजगारीका लागि भारत पुगेका रानाले दशैं मान्न नेपाल फर्केको र चरा मार्नका लागि बन्दुक ल्याएको बयान प्रहरीलाई दिएका छन् ।
उनीमाथि अनुसन्धान भइरहेको इलाका कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी नायव निरीक्षक सुधिर खड्काले जानकारी दिए ।