गुल्मी– गुल्मीको दुविचौर भँगेरीमा जीप दुर्घटनामा परी अर्का एक जनाको भृत्यु भएको छ । ज्यान जानेमा रेसुंगा नगरपालीका ३ निवासी ३६ वर्षीय बा...

ज्यान जानेमा रेसुंगा नगरपालीका ३ निवासी ३६ वर्षीय बावुराम पन्थी रहेका छन् । गुल्मीको गौंडाकोटवाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बोलेरो जीप रेसुङ्गा नगरपालिका १३ स्थित भंगारी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा परि जीपका चालक इस्मा गाउँपालिका २ निवासी ३४ वर्षीय डम्मर कुवँर घाइते भएका छन् । घाइते चालकको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । जीप सडकबाट करिव २ मिटर भन्दा तल खसेको थियो । ratopati