इटहरी / आफुलाई पत्रकार भन्ने र पत्रकारिताको आडमा अरुलाई धम्क्याउदै हिड्ने पत्रकारीताका नटवरलाल राजेश बराललाई इटहरी प्रहरीले पक्राउ गरेको ...
इटहरी /आफुलाई पत्रकार
भन्ने र पत्रकारिताको आडमा अरुलाई धम्क्याउदै हिड्ने पत्रकारीताका नटवरलाल
राजेश बराललाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।

इटहरी क्षेत्रका महिलाहरुको उजुरीका
आधारमा प्रहरीले बराललाई सोमाबर पक्राउ पक्राउ गरेकाे हो । इटहरी क्षेत्रमा
चन्दाआतंक समेत मच्चाउँदै आएका उनलाई प्रहरीले पक्राउ गरेको हो । वराल
विरुद्ध ५० जना भन्दा बढिको महिलाहरुले इलाका प्रहरी कार्यालय इटहरीमा
उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बरालले पटक पटक
इटहरी क्षेत्रका महिलाहरुलाई राती– राती फोन गर्ने मनपरी वोल्ने लगायतका
नकरात्मक काम गदै आएका थिए । इटहरी क्षेत्रमा लामो समयदेखि बस्दै आएका
बरालले कुनै बेला आफूलाई फोटो पत्रकार भन्दै परिचय दिने गरेका थिए उनले
इटहरी क्षेत्रमा चन्दाआंतक मच्चाएका थिए ।
केहि समय एभिन्यूज टेलीभिजनमा क्यामरा
पर्सनको रुपमा समेत काम गरेका बरालले व्यपारीसँग पैसा असुलेको भन्दै
टेलीभिजनले केहि बर्ष अघि निश्कासन गरेको थियो । त्यसपछि इटहरीबाट प्रकासन
हुने पूर्वी बजार दैनिकमा प्रबन्धक तथा उप सम्पादकको रुपमा काम गदै आएका
उनले ब्यापारीहरु सँग धम्काएर विज्ञापन माग्ने गरेका थिए । बराललाई एक
महिना अघि पूर्वी बजार दैनिकले समेत कामबाट निकालेको सप्पादक प्रेम
बाँस्तोलाले वताएका छन ।
बिज्ञापन दातालाई बिज्ञापन नदिए जे पनि
गरिदिने धम्की दिने गरेको चर्चा समेत इटहरी बजारमा थियो । नेपाल पत्रकार
महासंघ सुनसरीका साधारण सदस्य समेत रहेका बरालमाथि यस अघि पटक पटक कुटपीट
समेत भएको थियो । तर उनले कहि कतै उजुरी भने गर्ने गरेका थिएनन् । आफूलाई
पत्रकार भन्ने अनि धम्क्याउदै हिड्ने बरालका बिरुद्ध उजुरी परेपछि छान
बिनकालागि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय
राउतले वताए ।
उनले अहिले सम्म ५० जना भन्दा बढिको उजुरी
आइसकेको जानकारी दिए । उजुरी पर्ने क्रम मंगलबार पनि रोएिको छैन । सोमाबर
३० वटा जति उजुरी परेकोमा आज थप २० वटा परेको छ । के भएको हो हामी
अनुसन्धानमा छौ राउतले भने । –‘अधिकांश उजुरी महिलालाई टेलीफोन गरेर यौन
दुव्र्यवहार गरेको भन्ने विषयमा परेका छन् ।उनले सार्वजनिक अपराध अन्तरगत
मुद्या चलाउने तयारी भइरहेको र थप प्रमाण भेटिए अन्य बिषयमा समेत मुद्या
वताए ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष
अमर खड्काले यौन दुव्र्यवहार गरेको बिषयमा उजुरी परेकाले अनुसन्धान गर्न
महासंघले सहयोग गर्ने वताए । अपराध गरेको हो भने कारवाही हुनु पर्छ ।
पत्रकारका नाममा अपराध गर्ने कसैलाई छुट नभएको वताए ।