१९ असोज, रत्ननगर (चितवन) । चितवन जिल्ला उन्नत गाईको स्रोत केन्द्रका रूपमा विकास हुँदै गएको छ । जिल्लामा प्रजनन गराइएका गाईका बाच्छी नेपालक...
१९ असोज, रत्ननगर (चितवन) । चितवन जिल्ला उन्नत गाईको
स्रोत केन्द्रका रूपमा विकास हुँदै गएको छ । जिल्लामा प्रजनन गराइएका गाईका
बाच्छी नेपालका विभिन्न जिल्लामा पठाइने गरेको छ ।
चितवन जिल्लामा उन्नत नश्लको सिमोन प्रयोग गरी गाईका बाच्छी उत्पादन गर्न थालेपछि देशका विभिन्न क्षेत्रबाट यहाँका गाई र बाच्छीको माग बढ्न थालेको गीतानगरको अन्नपूर्ण गाई स्रोत केन्द्रका अध्यक्ष भागिरथ तिमिल्सिनाले बताए । उक्त केन्द्र २०६८ सालमा स्थापना भएको थियो ।
गीतानगरबाट ४६ जिल्लामा गाई र गाईका बाच्छी अन्नपूर्णले मात्रै पठाएको छ । जिल्लाबाट २५ हजारको हाराहारीमा गाईका बाच्छी पठाउने गरिएको छ । त्यो गाईले दैनिक २० लिटरसम्म दूध दिने तिमिल्सिनाको दाबी छ ।
चितवनमा अन्नपूर्ण सहकारी, लालीगुराँसलगायत फार्मले गाईका बाच्छी उत्पादन गर्छन् । जिल्लामा ४०० भन्दा बढी गाई फार्ममा नै पाल्ने गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
चितवनबाट सिन्धुलीमा मात्रै २०० बाच्छी बिक्री
चितवनबाट सिन्धुली जिल्लामा मात्रै झण्डै २०० गाईका बाच्छी बिक्री भएको छ । सिन्धुली जिल्ला पसु सेवा कार्यालयले संस्थागतरूपमै किसानलाई गाई खरिदमा अनुदान दिएर चितवनबाट लगेको हो ।
एउटा गाई खरिद गरेर लाने किसानलाई कार्यालयले रु १० हजार अनुदान दिने गरेको पशु सेवा कार्यालय प्रमुख डा रामकुमार कार्कीले जानकारी दिए ।
चितवनको पशु सेवा कार्यालयका प्रमुख भएर सिन्धुली जानुभएका कार्कीले चितवनका किसानसँग समन्वय गरेर गाई खरिद गरेको हो ।
“सिन्धुलीमा सम्भावना भएर पनि गाईपालन न्यून छ, उत्पादनले जिल्लामै पुग्दैन, डा कार्कीले भने, आफू चितवनमा पनि काम गरिसकेकाले उन्नत गाई ल्याउन सिफारिस गरेको हुँ ।” ।
गत वर्ष चितवनबाट सिन्धुलीमा १८९ वटा बाच्छी लगिएको र तीनको बीमा गराएर आवश्यक प्राविधिक सहयोगसमेत गरिएको छ ।
source:onlinekhabar
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा डिल्लीराम
सेढाईंले चितवनमा पछिल्लो समयमा उन्नत गाईको व्यावसायिक फार्म रहेकाले
यहाँका गाईको माग बढेको बताए ।
जिल्लाबाट वार्षिक चार पाँच सय गाईका बाच्छी बाहिरी जिल्लामा निर्यात
हुने गरेको छ भन्दै उहाँले कसैकसैले जानकारी नै नदिई पनि गाई लाने गरेका
छन् तर हामीकहाँ चिकित्सकबाट प्रमाणित गराएर मात्र लाने गरिएको जानकारी दिए
।चितवन जिल्लामा उन्नत नश्लको सिमोन प्रयोग गरी गाईका बाच्छी उत्पादन गर्न थालेपछि देशका विभिन्न क्षेत्रबाट यहाँका गाई र बाच्छीको माग बढ्न थालेको गीतानगरको अन्नपूर्ण गाई स्रोत केन्द्रका अध्यक्ष भागिरथ तिमिल्सिनाले बताए । उक्त केन्द्र २०६८ सालमा स्थापना भएको थियो ।