२२ कात्तिक, काठमाडाैं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले विभिन्न नकावजनी चोरी मुद्दाहरुमा सजाय सुनाइएका एक जना अभियुक्तलाई पक्राउ गरेक...
२२ कात्तिक, काठमाडाैं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले विभिन्न
नकावजनी चोरी मुद्दाहरुमा सजाय सुनाइएका एक जना अभियुक्तलाई पक्राउ गरेको छ
।
विभिन्न सात वटा नकावजनी चोरी मुद्दामा कैद सजाय सुनाइएका नुवाकोट चौघोडा-९ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-८ वस्ने ३१ वर्षे सिताराम तिमिल्सेनालाई बुधबार सीआईबीले मनमैजुबाट पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतको ०७३ चैत २९ गतेको फैसलाले तिमिल्सिनालाई १३ वर्ष १० महिना कैद तथा एक लाख ८७ हजार तीन सय ६० जरीवाना फैसला सुनाएको थियो ।
पक्राउ परेका तिमिल्सिनालाई सीआईले बुधबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाएकोमा अदालतको आदेशले केन्द्रीय कारागार चलान गरेको छ ।
source;onlinekhabar