। मोरङको क्षेत्र नं. ६ मा हेभीवेट उम्मेदवारको भिडन्तले यतिबेला चुनावी माहोल थप गर्माएको छ । सो क्षेत्रमा नेपाली काँग्रेसका केन्द्रिय सदस्...
वाम गठबन्धनबाट एमालेका पण्डित र नेपाली काङ्ग्रेसबाट डा. कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । पण्डित पूर्व सामान्य प्रशासन मन्त्री हुन् भने कोइराला नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हुन् । गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सो क्षेत्रमा नेपाली काङ्ग्रेसले १९ हजार ८ सय २, नेकपा एमालेले १८ हजार १ सय ६८, माओवादी केन्द्रले ८ हजार ६८, राप्रपाले २ हजार ५ सय ९९, फोरम लोकतान्त्रिकले ८ हजार १ सय ९६ र सङ्घीय समाजवादी फोरमले ४ हजार ६ सय ७७ मत पाएका थिए । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २६ हजार २ सय ३६ मत रहेको छ भने नेपाली काङ्ग्रेस फोरम लोकतान्त्रिकले पाएको मत हिसाब गर्दा २७ हजार ९ सय ९८ मत रहेको छ ।
यस आधारमा यहाँ वाम गठबन्धनभन्दा नेपाली काङ्ग्रेस १७ सय ६२ मतले अगाडि रहेको छ । लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपाको २५ सय ९९ मत छ । स्थानीय तहमा पाएको मतका आधारमा मोरङ क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ ।
दुबै उम्मेदवारको लोकप्रियता कम छैन । बिकास निर्माणदेखि जनताको हरेक सुखदुखमा सारथी बन्दै राष्ट्रिय राजनीतिमा राम्रो पहुँच बनाएका कोईराला र सामान्य प्रशासनमन्त्री हुँदा सारा नेपालीको मन जितेका पण्डित उत्तिकै लोकप्रिय रहेका छन ।
। दुवै उम्मेदवार यतिबेला चुनावी प्रचारप्रसारमा रहेका छन । जनताको घरदैलोमो पुगेर भोट मागिरहेका छन । दैनिक कार्यक्रमहरु आयोजना भईरहेका छन । ती कार्यक्रमहरुमा दुबै उम्मेदवार आफुले जित्नेमा ढुक्क देखिन्छन ।