विवादकै बीच निजी कलेजलार्इ सम्बन्धन दिने तयारी मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सूचना दिएन विवादकै बीच निजी कलेजलार्इ सम्बन्धन ...
विवादकै बीच निजी कलेजलार्इ सम्बन्धन दिने तयारी
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सूचना दिएन
विवादकै बीच निजी कलेजलार्इ सम्बन्धन दिने तयारी
टेकबहादुर ओली

१२ भदौ, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतले निजी कलेजलाई सम्बन्धन दिएको सूचना दिन आनाकानी गरेको छ ।
विद्यार्थी नेता अनिलबहादुर शाहीले आइतबार विश्वविद्यालयमा सूचना माग्दै निवेदन दिएका थिए ।
निजी कलेजलाई सम्बन्धन दिइएको निर्णयको प्रतिलिपि, सम्बन्धन प्राप्त कलेजको नामावली र सम्बन्धन सम्बन्धी नीति २०७२ र सम्बन्धन कार्यविधि २०७४ र संशोधित नियमावलीको प्रतिलिपि माग गर्दै निवेदन पेश गरेका थिए ।
सूचनाको हक सम्बन्धीको ऐन २०६४ र सूचनाको हक सम्बन्धी नियमावली २०६५ अनुसार सूचना माग गर्दा विश्वविद्यालयले सूचना दिन आलटाल गरेको हो ।
विश्वविद्यालयका सूचना अधिकारी विष्णुबहादुर खड्काले सूचना दिनुका साटो उल्टै विश्वविद्यालयको कार्यकारी परिषद्, योजना विकास तथा अनुगमन निर्देशनालय र संशोधित नियमावली छपाईको प्रक्रियामा रहेको भन्दै सही सूचना दिनबाट पन्छिएको निवेदकले वताए ।
निवेदक शाहीले सूचना अधिकारी खड्काले दिएको पत्रलाई आधारमानी कार्यकारी परिषद् र योजना, अनुगमन निर्देशनालयमा निवेदन पेश गर्दा त्यहाँ कार्यरत कर्मचारीले निवेदन दर्ता गर्न समेत मानेनन् ।



