तेह्रथुम, १५ साउन / तेह्रथुमको ग्रामिण क्षेत्रका किसानहरु अन्नवालीको खेतीभन्दा धेरै आम्दानी हुने भएपछि हिजोआज अलैँची खेतितर्फ आकर्षित भएक...
तेह्रथुम, १५ साउन / तेह्रथुमको ग्रामिण क्षेत्रका किसानहरु अन्नवालीको खेतीभन्दा धेरै आम्दानी हुने भएपछि हिजोआज अलैँची खेतितर्फ आकर्षित भएका छन् ।
पुख्यौली रुपमा खेती किसानहरुले धान, मकै, कोदो जस्ता अन्नबाली फल्ने खेतबारीहरुमा यतीबेला कालो सुनले परिचित बन्दै आएको अलैची लगाउन थालेका छथर गाँउपालिका २ हमरजुङका अलैची कृषक केच बहादुर लिम्बुले बताउनु भयो । जिल्लाको ग्रामिण क्षेत्रहरुमा प्रमुख नगदेबालीको रुपमा पछिल्लो समय किसानहरुले अलैची खेतलिाइृ रोज्न थालेका हुन । कम मेहिनेत र कम लगानीमै राम्रो आम्दानी गर्न सकिने भएकाले किसानहरु अलैँची खेतीमा लागेको हमरजुङ कै अर्का अलैची कृषक हेम लिम्बुले बताउनु भयो ।

अन्नबाली लगाउँदा खेतबारीमा काम गर्ने कामदारको अभाव हुँदै गएकाले पनि किसानले अलैँची खेती रोज्न थालेको हुन । खोल्सा, खोल्सी सेपिलो, ओसिलो जंगल र पाखा बारीमा मात्र सीमित भएको अलैँची खेतीलाई अन्नबाली फल्ने जमीनमा अझै व्यवस्थित गरेर लगाउन सके उल्लेख्य आम्दानी गर्न सकिने कृषि प्राविधिकहरु बताउँछन् । जिल्लामा ६ सय २५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुदै आएको कृषि विकास कार्यलय तेह्रथुमले जनाएको छ । त्यसमध्ये सुदाप, दाँगपा, हमरजुङ, खाम्लालुङ्ग, श्रीजुङ, मोराहाङ, ओयाक्जुङ, ईवा, ह्वाकु, म्याङलुङ र लालीगुराँस नगरपालिकामा बढी क्षेत्रमा खेती हुने गरेको छ ।