माेरङ / सञ्चालक समितिको लापरबाही र हेलचेक्र्याइका कारण मोरङ बेलबारीस्थित रेडियो बेतनामा केही कर्मचारीको मनोमानी बढ्न थालेको छ । महिनौं...
माेरङ / सञ्चालक समितिको लापरबाही र हेलचेक्र्याइका कारण मोरङ
बेलबारीस्थित रेडियो बेतनामा केही कर्मचारीको मनोमानी बढ्न थालेको छ ।
महिनौंसम्म संचालक समितिको पुर्ण बैठक बस्न नसकिरहेको बेला त्यसको फाइदा
उठाउंदै रेडियोका कर्मचारीको मनोमानी बढेको रहस्य खुलेको हो ।
रेडियोमा लामो समयदेखि स्टेसन म्यानेजर छैन । त्यस अबस्थामा गत बर्ष समाचार प्रमुखको रुपमा रेडियोमा काम गर्ने गरी सन्चालक समितिले उत्तम पोख्रेललाई नियुक्त गरेको थियो । संचालक समिति सचिव लीला आचार्यका अनुसार पोख्रेललाई समाचार प्रमुखको बाहेक अन्य जिम्मेवारी दिइएको छैन तर पोख्रेलले संचालक समितिको अनुमति बिना आफ्नो नामको मुनी रेडियोको कार्यकारी प्रमुखको पद राखेर हस्ताक्षर गरी रेडियोको तर्फबाट विभिन्न संघ संस्थामा पत्राचार गर्ने गरेका छन् ।

पोख्रेलले गत जेठ २२ गते लोक कल्याणकारी बिज्ञापन भुक्तानीका लागि सन्चार मन्त्रालयमा सिफारिस गरिदिनका लागि क्षेत्रीय हुलाक कार्यालय मोरङलाइ गरेको पत्राचारको प्रतिलिपी प्राप्त भएको छ , जसमा पोख्रेलले कार्यकारी प्रमुखको हैसियतमा सही गरेका छन् । तर पोख्रेलले आफुले हुलाकमा नभइ सामुदायिक रेडियो प्रसारक संघ अकोरावमा उक्त हैसियत राखेर पत्राचार गरेको बताए । तर अध्यक्षलाइ सोधेर त्यसो गरेको उनले दाबी गरे । उता संचालक समितिका अध्यक्ष राजकुमार लिम्बुले भने आफुले पोख्रेललाई कार्यकारी प्रमुख लेख्ने अधिकार नदिएको बताए । रेडियो स्रोतका अनुसार पोख्रेलले बस्न समेत अध्यक्षको कुर्सी प्रयोग गर्ने गरेका छन् , जसका कारण अध्यक्ष लिम्बु प्लास्टिकको कु्र्सीमा बस्ने गरेका छन् । भाेजराज /अम्बिका