सुनसरी, भाद्र १२ गते। सुनसरीको महेन्द्रनगरमा प्रहरीले काठ तस्करी र लागूऔषध कारोवारको जालो भत्काउन सक्रियता देखाएसंगै उक्त क्षेत्रमा त्यस...
सुनसरी, भाद्र १२ गते। सुनसरीको महेन्द्रनगरमा प्रहरीले काठ तस्करी र
लागूऔषध कारोवारको जालो भत्काउन सक्रियता देखाएसंगै उक्त क्षेत्रमा त्यस्ता
कारोवारीहरुको सातो उडेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा प्रहरी
निरीक्षक गंगा प्रसाद पौडेल आए संगै प्रहरीले उक्त क्षेत्रमा हुने काठ
तस्करी तथा लागूऔषध गाँजा बिक्रि बितरणमा संलग्न उपर कारवाही थालेको हो।
२०७४ साल भाद्र १० गते शनिबार राती प्रहरी निरीक्षक गंगा प्रसाद पौडेलको कमाण्डमा रहेको टोलीले वराह नगरपालिका ३ बाट अन्दाजी ८९ कयूवि फिट सखुवाको चार थान काँचो गोलिया काठ सहित को १ त३९३३ नम्बरको ट्याक्टर र तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिई कारवाही गरेको छ। वराह नगरपालिका-३ खोरीया भन्ने स्थानमा काठ तस्करी हुँदैछ भन्ने विशेष सुचना पाएपछि प्रहरी निरीक्षक पौडेलको कमाण्डमा गएको टोलीले स्थानीय यम बहादुर लिम्बुको घर अगाडी अनलोड हुदै गरेको अवस्थामा दुई थान काँचो गोलियाकाठसहित लिम्बुलाई पक्राउ गरेका थिए।

काठसहित मानिसलाई नियन्त्रणमा लिन खोज्दा करिब २०-२२ जना तस्करहरुको समुहले प्रहरीलाई आक्रमणको प्रयास समेत गरेको र घटनास्थलमा इलाका प्रहरी कार्यालयबट थप प्रहरी पुगेपछि तस्करहरुको समुह भागेका र प्रहरीले सो काठसहित ट्याक्टर नियन्त्रणमा लिन सफल भएको प्रहरी निरीक्षक पौडेलले बताए। प्रहरीले काठसहित पक्राउ परेका यम बहादुर लिम्बुसंग गरेको सोधपुछ पश्चात सोही समुहका अर्का ध्वज बहादुर लिम्बुलाई समेत थप दुई थान काँचो गोलिया, का हुन्।
उक्त स्थानबाट काठ चिरानमा प्रयोग गरिने आरा १ थान, बिड सहितको बन्चरो १ थान र ती औजारहरुमा धार लगाउने रेती १ थान समेत बरामद भएको थियो । काठ तस्करीमा संलग्न केही व्यक्ति पक्राउ परेता पनि उक्त कार्यमा ठुलो गिरोह सक्रिय रहेको र रातको समय पारेर सखुवाको रुखहरु काटी तस्करी गर्ने गरेको पाइएको प्रहरी निरीक्षक पौडेलले बताए।
यसैगरी २०७४ साल भाद्र २ गते सुनसरीको वराह नगरपालिका २ बाट बिस किलो गाँजासहित सोही नगरपालिका ६ बस्ने शम्भु मण्डललाई पक्राउ गरी कारवाही गरिएको तथा बिभिन्न मितिमा करिव १६० किलो तयारी गाँजा बरामद गरिएको प्रहरी निरीक्षक पौडेलले जनाए। मण्डललाई प्रहरीले को १४ प ४१५२ नम्बरको मोटरसाइकलमा गाँजा तस्कर गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । मण्डल उपर लागूऔषध बेचविखन अन्तरगत कारवाही थालीएको छ।