१४ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्नुपर्ने बहस भित्राएर चर्चामा आएका मदन अर्याल अध्यक्ष बन्ने दौडबाट बाहिरिएका छन् । उ...

अर्यालले भने, ‘रञ्जित जीले जित्ने स्थिति बनोस् भनेर मैले यो निर्णय लिएको हुँ ।’
अब अध्यक्षको उम्मेदवार रञ्जित तामाङ र अनिल शर्मा चुनावी मैदानमा छन् । झापाका तामाङ र रुकुमका शर्मा दुबैजना संगठनमा पकड भएका सशक्त उम्मेदवार हुन् ।
निर्वाचनबाट नेतृत्व चयन गर्न लागिएको माओवादी पार्टीकै इतिहासमा पहिलोपटक भएकाले उसको भ्रातृ संगठन अखिल क्रान्तिकारीको जारी २१ औं राष्ट्रिय सम्मेलनको चासो र चर्चा व्यापक छ ।
अखिल क्रान्तिकारीकाे नेतृत्व चयनका लागि आज बिहान १० बजेबाट निर्वाचन गर्ने कार्यतालिका छ । २ हजार बढी प्रतिनिधिले ३१ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चुन्ने छन् । पदाधिकारीको संख्या ३३ भए पनि एक उपाध्यक्ष र एक उपमहासचिव भने मनोनित गर्ने व्यवस्था छ ।
यही भदौ ७ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलन ११ गते नै सक्ने कार्यतालिका थियो । तर, निर्वाचनबाट नेतृत्व चुन्ने प्रक्रिया सुरु भएपछि केही दिन लम्बिएको छ ।