बराहका सुर्य बहादुर प्रहरीबाट पिटिए सुनसरी । ईलाका प्रहरी कार्यालय बराह नगरपालिकाकाका प्रहरीहरुले लिम्बु एलाईनेट जिमका सदस्य सुर्य वहा...
बराहका सुर्य बहादुर प्रहरीबाट पिटिए
सुनसरी । ईलाका
प्रहरी कार्यालय बराह नगरपालिकाकाका प्रहरीहरुले लिम्बु एलाईनेट जिमका
सदस्य सुर्य वहादुर लिम्बुलाई कुटपिट गरेका छन् । बराह सोमवारे–७ बस्ने
सुर्य वहादुर लिम्बुलाई विना कारण विहिवार कुटपिट गरेका हुन् । लिम्बु
आफ्नै घर छेउको चौकमा महिलाहरु तीजको अवसरमा आयोजना भएको सांस्कृतिक
कार्यक्रम हेरिरहेको बेलामा प्रहरीको टोलीले एक्कासी आफुलाई कुटपिट गरेको
बताए ।
ईङक्सपेक्टर गंगा प्रसाद पौडेलसंग खटिएका
१० जना प्रहरीको टोलीले आफुुलाई विना कारण कुटपिट गरी प्रहरी चौकीमा लगेको
पिडित लिम्बुले बताए । उनले शुक्रवार धरानमा पत्रकार सम्मेलन गर्दै
भने–‘रातको पौने ८ वजेको थियो । म र मेरो साथी महिला दिदि वहिनीहरुले
नाचगान गरिरहेको हेर्दे थियौं । विना कारण म माथि कुटपिट भयो । किन आफुलाई
पिटेको भनेर सोध्दा, त लिम्बु साईलाको दाई हैन भनेर झन पिट्न थाले ।
मसंगैको साथीलाई भने केही गरेनन, मलाई मात्र पिटेर प्रहरी चौकीमा लगे ।अनि रातको १२ वजेतिर मात्रै मलाई छोडिदियो ।’ प्रहरीहरु रातको समयमा मातेको
हुनाले पनि आफु कुटिएको हुन सक्ने उनले पत्रकार सम्मेलनमा बताएका छन् ।
प्रहरीको टोलीले आफुमाथि अमानविय व्यवहार गरेका कारणले आईतवार (भोलि)
जिल्ला प्रहरी कार्यलयमा न्यायका लागि जाने उनले बताए । सुरक्षाकर्मीको
रवैयाले आफु असुरक्षित भएकोमा उनले चिन्ता व्यक्त गर्दै आफु जस्ता युवक
विना कारण पिडित हुदा घर छेउछाउमै हिड्न पनि गाह्रो हुने उनले दुखेसो पोखे ।
पिडित लिम्बुको प्रहरीको कुटाईबाट उनको टाउको, ढाड र ओठमा चोट लागेको छ ।