भाद्र १३, सुन्दरहरैचा ६ । सुरक्षा सामाजिक उधमी महिला सहकारी सस्थाद्वारा बाढीपीडितका लागि सुन्दरहरैचा ६ मा राहत वितरण कार्यक्रम आयोजना गरिएक...

सुरक्षा सामाजिक उधमी महिला सहकारी सस्थाद्वारा बाढीपीडितका लागि सुन्दरहरैचा ६ मा राहत वितरण कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा सभापति सुरक्षा समाजिक उधमी सहकारी सस्था लि.का अध्यक्ष बालिका सिटौला , प्रमुख अतिथि सुन्दरहरैचाका नगरप्रमुख शिव प्रसाद ढकाल,
विशिष्टअतिथि सुन्दरहरैचाका नगर उपप्रमुख धना तामाङ्ग रहनु भएको थियो । अतिथिहरुमा सुन्दरहरैचा वार्ड नं. ५ का वडाअध्यक्ष राम रिजाल, सुन्दरहरैचा ६ का वडाअध्यक्ष जिवन राइ सहित सदस्यहरू,सुन्दरहरैचा ७ का वडाअध्यक्ष चैतने सिटौला साथै समाजसेवि राजनितीज्ञहरूको पनि सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन शुरेस रेग्मीले गर्नु भएको थियो । कार्यक्रममा राहत वितरण सुन्दरहरैचाका नगरप्रमुख शिव प्रसाद ढकाल,सुन्दरहरैचाका उपप्रमुख धना तामाङ्ग, वार्ड नं. ५ का राम रिजाल ,सुन्दरहरैचा ६ का वडाअध्यक्ष जिवन रार्इ,सुन्दरहरैचा ७ का वडाअध्यक्ष चैतन्य सिटौला ,सुरक्षा सुरक्षा सामाजिकउधमी महिलाहरूकाे हातवाट सुन्दरहरैचा ६ का वासिन्दाहरूमा राहत वितरण गरिएको थियो । राहतमा चामल ,भाडाकुडा इत्यादी वितरण गरिएकाे थियाे । कार्यक्रममा सुन्दरहरैचाका नगरप्रमुख शिव प्रसाद ढकालले बाढी पिडितका लागि पहिलो चरणको राहत भएकोले हामी सबैको घरदैलोमा पुगेर राहत वितरण गर्ने र कसैलार्इ पनि नछुटाउने वताउनु भयाे । सुन्दरहैचा नगरपालिका कार्यलयसंग समन्वय गरी हेफर इन्टरनेस्नल नेपालकाे सहयाेगमा सुरक्षा सामाजिक उधमी महिला सहकारी सस्थाद्वारा कार्यक्रम भएकाे थियाे ।