धरान, साउन : ऊर्जा मन्त्री मिनबहादुर विश्वकर्माले धरानका बाढीले क्षतिग्रस्त स्थानको अवलोकन गर्नुभएको छ । भारत भ्रमणपश्चात सुनसरीको धरान...
धरान, साउन : ऊर्जा मन्त्री मिनबहादुर विश्वकर्माले धरानका बाढीले
क्षतिग्रस्त स्थानको अवलोकन गर्नुभएको छ । भारत भ्रमणपश्चात सुनसरीको धरान
आउनु भएका विकले धरानको मकालु वस्ती, जोरसखुवा, देउराली, याक्थुङ चौक
लगायतका दर्जनौ ठाउमा भएको क्षतिको अवलोकनमा मंगलबार र वुधबार अवलोकनका
क्रममा जानुभएको हो । भ्रमण अवलोकनका क्रममा बाढीले क्षति पु¥याएको वस्ती,
पुल पुलेसा पुन निर्माण गर्ने आवश्वासन समेत दिनुभएको थियो ।
भ्रमणकै क्रममा मन्त्री विक बुधबार धरान ५ देउराली र याक्थुङ चौकका सर्वसाधारणसंग भेटघाट समेत गर्नुभयो । उहाले भेटघाटकै क्रममा याक्थुङ चौकमा रहेको क्षतिग्रस्त पुल चाडो निर्माण गर्ने आश्वासन दिनुभयो । सोही अवसारमा उहाले धरान ५ देउरालीमा सार्वजनिक आरनको निर्माणको प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो । उद्योगका रुपमा स्थापित गर्ने उद्देश्यका साथ वाणिज्य मन्त्रालयले यसका लागि बजेट समेत छुट्याइसकिएको बताइएको छ । खुकुरी उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सागर्वजनिक आरन उद्योग निर्माण भइसकेपछि भने १ सय जना भन्दा बढीले रोजगार पाउने वाणिज्य मन्त्रीका स्वकीय सचिव आकाश उप्रतिले बताउनुभयो ।

यसैबीच बुधबार नै मन्त्री विकलाई धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले १३ बुदे स्मरणपत्र समेत बुझाएका छन् । धरानको विमानस्थलदेखि बसपार्क, रंगशाला निर्माण लगायत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्वसुलभ ढंगले मृगौला रोगीहरुका लागि डाइलासिसको व्यवस्था गर्नुपर्ने लगायतका कुराहरु समेटिएको छ । समरणपत्र बुझिसकेपछि मन्त्री विकले धरानका समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने आश्वासन समेत दिनुभएको छ ।