एजेन्सी । बाह्र वर्षीया एक किशोरीले आफूले जन्माएको बच्चालाई झाडीमा फालिदिएको समाचारले यति बेला सबैलाई अचम्मित पारेको छ ।यो समाचार चीनको ...
एजेन्सी ।
बाह्र वर्षीया एक किशोरीले आफूले जन्माएको बच्चालाई झाडीमा फालिदिएको
समाचारले यति बेला सबैलाई अचम्मित पारेको छ ।यो समाचार चीनको हो । चीनको
सिचुआन प्रान्तको पुल नजिकै झाडीमा ती शिशुलाई भेट्टाइएको थियो । ती
शिशुलाई तत्काल अस्पताल लगिएको र अहिले उनको अवस्था सामान्य भएको अस्पताल
स्रोतले बताएको छ ।ती किशोरीले समय नपुग्दै बच्चा जन्माएको अस्पतालका
डाक्टरले बताएका छन् । शिशु सानो भएका पनि कुनै समस्या नभएको बताएका छन् ।
उक्त शिशुलाई जन्माउने आमा १२ वर्षीया एक
किशोरी भएको प्रहरी बताएको छ । उनी आफ्ना हजुरबा र हजुरआमासँगै बस्तै आएको
समाचार माध्यमले बताएका छन् । अहिले पुलिसले उक्त घटनाको अनुसन्धान
गरिरहेको छ


