११ भदौ, काठमाडौं । घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यले मदन पुरस्कार-२०७३ पाउने भएको छ । २०७३ मा प्रकाशित भएका मध्ये गुठीमा प्राप्त १९५ पु...

२०७३ मा प्रकाशित भएका मध्ये गुठीमा प्राप्त १९५ पुस्तकबाट कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कारका प्रदान गर्ने निर्णय मदन पुरस्कार गठीको बैठकले गरेको हो ।
मदन पुरस्कार-२०७३ का लागि गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहानको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइलाई उत्कृष्ठ ९ पुस्तकका रुपमा छनौट गरिएको थियो ।
यस्तै जगदम्बा-श्री पुरस्कार दुर्गा बराल वात्सायनलाई प्रदान गर्ने निर्णय गुठीले गरेको छ ।
गुठीको बैठकले समसामयिक विषय र विसंगतिहरुलाई कार्टुन चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाचाजमा सचेतना जगाउँदै निरन्तर भाषाको सेवा गरिरहेको भन्दै वात्सायनलाई जगदम्बा-श्री प्रदान गर्ने निर्णय गरेको हो ।
।

यी दुवै पुरस्कारको राशी २/२ लाख रहेको छ।