भाद्र ६, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) संविधान संशोधन विधेयकको विपक्षमा उभिने एमाले लगायतका दललाई लोकतन्त्र र राष्ट्रिय एकताविरोधी...

भाद्र ६, २०७४- राष्ट्रिय जनता पार्टी
(राजपा) संविधान संशोधन विधेयकको विपक्षमा उभिने एमाले लगायतका दललाई
लोकतन्त्र र राष्ट्रिय एकताविरोधी शक्तिको रुपमा चित्रण गर्दै चुनावमा
सहभागि हुने निष्कर्षमा पुगेको छ । उसले असोज २ मा हुने प्रदेश २ को
चुनावमा संविधान संशोधन विधेयकलाई प्रमुख राजनीतिक मुद्दा बनाउने भएको छ ।
मंगलबार राजधानीमा सुरु पदाधिकारी बैठकमा बोल्ने अधिकांश नेता यस्तो
निष्कर्षमा पुगे पनि औपचारिक निर्णय भने बुधबार मात्रै आउने पार्टीका नेता
केशव झाले बताए ।

