मिस पुर्वाञ्चलले इटहरीका बाढीपिडितलार्इ पूनःनिर्माणमा सहयाेग गर्ने इटहरी । पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प...
मिस पुर्वाञ्चलले इटहरीका बाढीपिडितलार्इ पूनःनिर्माणमा सहयाेग गर्ने
इटहरी । पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलले बााढीबाट क्षत बिक्षत बनेकाे इटहरीस्थित पुनःनिर्माणकालागि सक्दाे सहयाेग जुटाउने भएकाे छ । शनिवार सुनसरीकाे इटहरीमा मिस पूर्वाञ्चलकाे अाठाै संस्करणकाे पूृर्व सन्ध्यामा अायाेजना गरेकाे पत्रकार सम्मेलनमा संस्थाले यस्ताे घाेषणा गरेकाे हाे । मिस पुर्वाञ्चल आठौ संस्करणकाे टिकटबाट संकलित सम्पूर्ण रकम इटहरी उपमहानगरपालिकाकाे सहकार्यमा बाढीपिडितहरूलार्इ प्रदान गर्ने जनाइएकाे छ ।बिगत ८ बर्षदेखी पूृवाञ्चलमा सबैभन्दा ठुलाे शाैन्दर्य प्रतियाेगिता मिस पूर्वाञ्चलकाे अायाेजना गर्दै अाएकाे सिल्वर इन्टरटेन्मेन्टले यस अघीपनि धरान स्थित अासारा सुधार गृहलाृइ ५ लाख ६५ हजार रूपैया सहयाेग स्वरूप प्रदान गरेकाे थियाे । मिस पूर्वाञ्चलठबाट संकलित रकम सामाजिक कार्यमा लगाउने उद्येश्य स्वरूप इटहरीकाे गैरीगाउ पूनःनिर्माण तथा राहतमा जुटाउने भएकाे पत्रकार सम्मेलनमा बताइएकाे छ ।