मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु धरान / पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगि...
धरान / पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य
प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस नेचुरा मिस पुर्वाञ्चलको आठौ
संस्करणको दमकको होटल कामक्ष र धरानको हेल्दी होममा सम्पनन अडिसनबाट २६
जना छनोट गरिएको छ । दमक र धरानमा गरिएको २ वटा अडिसनबाट छानिएका २६जना
प्रतियोगी मध्ये १९ देखि २३ जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा
सहभागि गराइने आयोजकले जनाएको छ ।
दमक अडिसनको निर्णयक प्राध्यापक राजेन्द्रजङ थापा र हिमसिखर टेलिभिजनका
अध्यक्ष धुब्र न्यौपाने र मिस पुर्वाञ्चल २०१५ कि सेकण्ड रनरअप प्रमिसा
बज्रचार्य रहेका थिए भने धरान अडिसनको निर्णयकमा संचारकर्मी सुरेश राई ,
मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन र धरान हेल्दी होमकी
संचालिका सुप्रिया माझी रहेका थिए । यसपाली धरानका बिभिन्न कलेजमा मिस
पुर्वाञ्चलको पब्सिटीका लागि कलेज क्याम्पिन समेत गरिएको थियो । कलेज
क्याम्पिनमा मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन र संचारकर्मी
सुरेश राई सहभागी थिए । मिस पुर्वान्चलको आठौ सस्करण भदौ ३१ गते धरानमा
हुदै छ।