विदेशबाट फर्किएकाको रोजाईंमा पर्दै अटो ट्याम्पो सुनसरी ३ असोज । भोजपुरका दिपक कार्की अहिले सुनसरीको धरानमा बस्छन् । कार्की चार बर्ष स...
विदेशबाट फर्किएकाको रोजाईंमा पर्दै अटो ट्याम्पो
सुनसरी ३ असोज । भोजपुरका
दिपक कार्की अहिले सुनसरीको धरानमा बस्छन् । कार्की चार बर्ष सात महिना
कतार र चार बर्ष दुवई बसेर २०७३ साल बैशाख ३ गते नेपाल फर्किए । कतारमा
अफिस ब्वाई र दुवई सुरक्षा गार्डमा काम गरेका उनले घर फर्कीएर केही समय त
अरु नै काम गर्ने निर्णय गरे । तर अरु काममा भन्दा अटो ट्याम्पोबाट राम्रो
कमाइ हुने देखेपछि उनले पनि अटो ट्याम्पो किनेर चलाउन थाले ।
दैनिक झण्डै १५ युवा विदेश गएपनि दिनमा
कति जना फर्किन्छन भन्ने तथ्याङक नेपाल सरकारसँग पनि छैन । तर विदेशबाट
फर्किने धेरै जसोसँग नेपाल फर्किएर के गर्ने भन्ने योजना हुँदैन । त्यस्तै
भएको थियो कार्कीलाई पनि । कतार र दुवईमा काम गर्दाको दुःख सम्झेर स्वदेशमै
केही गर्छु भनेर फर्किए । तर बसुञ्जेल केही विकल्प नपाएरपछि अटो ट्याम्पो
चलाउन थाले। ‘नेपाल फर्केर नि खाली बस्नुभन्दा फेरि जान्छु भन्ने लागेको
थियो अटो ट्याम्पो कुरा सुनेर अर्काको देशमा गुलाम बन्नुभन्दा नेपालमै
प्रयास गरौन त भनि हेरेको राम्रै भा छ ’ उनले भने ।

शहरमै नयाँ भित्रिएको अटो ट्याम्पोको कमाई
सुरुका दिनमा गज्जवकै थियो । अटो ट्याम्पो चलाउनेहरुले एक दिनमा २ हजार
देखि २५ सय रुपैयाँसम्म कमाउँथे । अहिले सङख्या थपिएको तर व्यवस्थापन
राम्रो छैन त्यसैले कमाइ घटेको छ । तर पनि दिनको एक हजार चार सय त कतै
जाँदैन । त्यसैले विदेशबाट फर्किने मोरङ् सुनसरी आसपासका धेरै युवाको
रोजाईंमा पर्यो अटो ट्याम्पो ।
‘अहिले खासै यसै गर्ने प्लान छैन राम्रो
अबसर पाए भने जान्छु पनि नत्र भने यहि ४० – ४५ हजार कमाई यतै हुने रछ ….
खासै विदेश जाने मोड त छैन’ उनले भने। यसको व्यवस्थापन राम्रो भइदिने हो
भने महिनाको २० – २५ हजार रुपैयाँ कमाउनकै लागि विदेशिने युवाले अवसर
पाउँथे भन्ने सरोकारवालाहरुको भनाई छ।

