प्रेमी भेट्न धरान आएकी ताइवानी युवतीलाई आइपर्यो आपत् धरान । प्रेमी भेट्न धरान आएकी एक ताइवानी चेली बिचल्लीमा परेकी छन् । करिब चार ला...
प्रेमी भेट्न धरान आएकी ताइवानी युवतीलाई आइपर्यो आपत्
धरान । प्रेमी भेट्न धरान आएकी एक ताइवानी चेली बिचल्लीमा परेकी छन् । करिब चार लाख रुपैयाँ चोरी भएपछि ३० वर्षीया हु तिङ फाङ बिचल्लीमा परेकी हुन् । उनी धरान १८ स्थित मंगलबारे चोक बस्ने नितेश ह्युज लोहारको जन्मदिन मनाउन आएकी थिइन् । सरप्राइज गिफ्ट खरिद गर्न आइतबार दिउँसो बजार हिँडेकी उनी रकम चोरी भएपछि घर फर्किन सकेकी छैनन् ।रमाइलो गरेर प्रमी नितेशको जन्मदिन मनाउने उनको धोको अधुरै रह्यो । सामान किनेर घर फर्कने बेला आफू चढेको सफारीमै रकम चोरी भएपछि स्वदेश फर्कन समस्या भएको उनले बताइन् । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ।