लामो समयसम्म फाइल अड्काउने प्रथा अन्त्य गर्नुस्- गृहमन्त्री

लामो समयसम्म फाइल अड्काउने प्रथा अन्त्य गर्नुस्- गृहमन्त्री १२ भदौ, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले गृ...


लामो समयसम्म फाइल अड्काउने प्रथा अन्त्य गर्नुस्- गृहमन्त्री




१२ भदौ, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले गृह मन्त्रालयमा लामो समयदेखि फाइल रोकिने गरेको गुनासो आएको भन्दै त्यसरी फाइल अड्काउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका छन् ।
सोमबार आर्थिक बर्ष २०७३/०७४ को वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भने, ‘एक वर्षसम्म फाइल अड्किने गरेको गुनासो आएको छ, त्यस्तो प्रवृत्तिको अन्त्य गर्नुस् ।’
‘हरेक बिहान साढे १० बजे सवै विभागीय प्रमुखहरु फाइल लिएर मेरो कार्यकक्षमा आउनुस्’ कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री शर्माले भने, ‘तपाईंहरुले सक्ने फाइलको निर्णय तपाईंहरु गर्नुस्, नसक्ने फाईलमाथि मैले निर्णय लिन्छु ।’
नेपाली कागजमा टिप्पणी उठाएर सेवा प्रवाहमा ढिलाई गर्ने प्रवृत्ती अन्त्य गर्न निर्देशन मन्त्री शर्माले निर्देशन दिए ।
बैठकमा मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले निजामती कर्मचारीलाई विषयगत तालिमको आवश्यकता औंल्याएसँगै मन्त्री शर्माले कर्मचारीहरुलाई आवश्यक तालिम दिइने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री शर्माले अध्यागमन कार्यालयलाई ब्यवस्थित र सहज बनाउन जुनसुकै फाइलमा हस्ताक्षर गर्न आफू तयार रहेको बताए ।
‘हरेक विभागका प्रमुखहरुले कार्यसम्पादन करार गर्नुपर्छ’ उनले भने, ‘नेपाल प्रहरी र शसस्त्र प्रहरीका अधिकारीहरुले पनि सरुवा भएको एक साताभित्र कार्यसम्पादन करार गर्नुपर्छ, कार्यसम्पादन करारको आधारमा मूल्यांकन गरिन्छ ।’
‘८४ बुँदे गफ हैन’
मन्त्री शर्माले आफूले अगाडि सारेको ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र अनुसार इमान्दार कैदीहरुलाई श्रममा लगाउनका आवश्यक गृहकार्य गर्न निर्देशन दिएका छन् । मन्त्री शर्माले सरकारले निःशुल्क वितरण गर्ने गरेको औषधि कारागारमै उपलब्ध गराउने बताएका छन् ।
आफू मन्त्री भएपछि अगाडि सारेको ८४ बुँदे गृह सुधार मार्गचित्र गफ दिनका लागि र पत्रिकामा लेखाउन मात्रै नल्याएको दावी गरे । मन्त्री शर्माले भने, ‘८४ बुँदेमा ध्यान दिएर त्यसलाई सफल पार्न हामी सबै लागौं, त्यसो भएमा मात्र गृह प्रशासनलाई प्रभावी बनाउन सकिन्छ ।’

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
Farmer Nepal: लामो समयसम्म फाइल अड्काउने प्रथा अन्त्य गर्नुस्- गृहमन्त्री
लामो समयसम्म फाइल अड्काउने प्रथा अन्त्य गर्नुस्- गृहमन्त्री
https://www.onlinekhabar.com/wp-content/uploads/2017/08/Janardan-Sharma-2.jpg
Farmer Nepal
http://www.farmernepal.com.np/2017/08/blog-post_91.html
http://www.farmernepal.com.np/
http://www.farmernepal.com.np/
http://www.farmernepal.com.np/2017/08/blog-post_91.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।