बलिउड अभिनेत्री ऐश्वर्या रायले आफूभन्दा १० वर्ष कान्छा युवकसँग अन स्किन रोमान्स गर्ने भएकी छिन् । प्रसंग उनको आगामी फिल्म ‘फन्ने खाँ’ को ह...

यस फिल्ममा ऐश्वर्याको अपोजिटमा को हुन्छ भन्ने निकै कौतुहलता थियो । थुप्रै नामहरु यसअघि चर्चामा आएका थिए । सुरुमा अनिल कपुरको अनुमान गरिएको थियो । तर, चाँडै नै त्यो अनुमान फेल खायो । त्यसपछि आर माधवनले लिड रोल गर्ने कुरा चल्यो । तर, त्यो पनि असत्य ठहरियो ।
अन्त्यमा राजकुमार राव नामका युवकलाई चिठ्ठा परेको छ । उनी उमेरले ऐश्वर्याभन्दा १० वर्ष कान्छा हुन् । आफूभन्दा कान्छो अभिषेक बच्चनसँग विहे गरेर घरजम गरिरहेकी ऐश्वर्याले कान्छा हिरोसँग रोमान्स गर्न पक्कै हिच्किचाउने छैनन् ।