हात्तीको आक्रमणबाट वृद्धको मृत्यु इलाम, ९ भदौ । इलामको चुलाचुली गाँउपालिका–२, मोरङ्गे झोडामा गएराति हात्तीको आक्...
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
इलाम, ९ भदौ । इलामको चुलाचुली गाँउपालिका–२, मोरङ्गे झोडामा गएराति
हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । हात्तीको आक्रमणबाट ६३
वर्षीय धनबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले
जनाएको छ । श्रेष्ठलाई आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा राति आएको
हात्तीले सुँडले बोकेर घरबाट अन्दाजी दुईसय मिटर पर लगेर लछार–पछार गरेर
मारेको हो ।
घटनास्थलमा पोल्टीमारीका र स्थानीयवासीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको प्रहरीले जनाएको छ । उनको शवपरीक्षणका लागि मोरङको उर्लाबारी लगिएको छ ।
घटनास्थलमा पोल्टीमारीका र स्थानीयवासीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको प्रहरीले जनाएको छ । उनको शवपरीक्षणका लागि मोरङको उर्लाबारी लगिएको छ ।