अाेलीकाे कडा बाेली – प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुग्यो काठमाडौँ । नेकपा (एमाले)का...
अाेलीकाे कडा बाेली – प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुग्यो
काठमाडौँ । नेकपा
(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत
भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको आरोप
लगाउनुभएको छ ।
बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन हुन नसके पनि संविधानको स्वीकार्यता बढाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा आपत्तिजनक भएको अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले बाढी पहिरो र डुबानपीडितको राहत, उद्धार र पुनःस्थापनाको कामलाई अझै प्रभावकारी बनाउन सरकारको पुनः ध्यानाकर्षण गराउँदै पीडितलाई राहत दिने काममा पार्टीले सरकारलाई सक्दो सहयोग गरिरहेको पनि स्मरण गराउनुभयो ।
एमालेले बाढीपहिरो र डुबानपीडितलाई राहत दिन पार्टीका सांसदहरुको एक महिनाको तलबबापत जम्मा भएको करिब रु एक करोड रकम सरकारलाई हस्तान्तरण गरिसकेको जानकारीसमेत अध्यक्ष ओलीले दिनुभयो ।
अध्यक्ष ओलीलाई बिदाइ गर्न उपाध्यक्ष वामदेव गौतम, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । अध्यक्ष ओली स्वास्थ्य परीक्षण गरी यही भदौ १४ गते स्वदेश फर्कनुहुनेछ । उहाँका साथमा धर्मपत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य जानुभएको छ । रासस