भाद्र ९, २०७४- झुठो आरोपमा सिलिगुडी प्रहरीले पक्राउ गरेका इलाम सूर्योदय नगरपालिका १० फिक्कलका २८ वर्षीय उदयहाङ फागो विहीवार धरौटीमा छुटेक...
भाद्र ९, २०७४- झुठो आरोपमा सिलिगुडी
प्रहरीले पक्राउ गरेका इलाम सूर्योदय नगरपालिका १० फिक्कलका २८ वर्षीय
उदयहाङ फागो विहीवार धरौटीमा छुटेका छन् ।
सिलिगुडीको सव डिभिजन अदालतले उनलाई भारु ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । गत साउन १६ गते आमा गंगामायाको उपचारका लागि दिदी साधनासंगै सिलिगुडी गएका थिए । सिलिगुडीको डनवस्को स्कुल नजिकैको फेमिली क्लिनिकवाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
फागोलाई गोर्खाल्याण्ड आन्दोलनलाई सघाएको आरोप प्रहरीको थियो । फागोको रिहाइका लागि राष्ट्रिय मानव अधिकार परिषदले पहल गरेको थियो । परिषदका प्रमुख तुलसी थापाले भने,‘सरकारले पनि चासो नदिएको घटनामा मैले एकल प्रयत्न गरेर फागोलाई छुटाउन सफल भएँ ।’
फागोलाई दंगा फैलाएको आरोपमा भारतीय दण्ड संहिताको धारा १४७, १४८ र १४९ का साथै खतरनाक हतियार वोकेर सरकारी काममा व्यवधान खडा गरेको र प्रहरीमाथि आक्रमण गरेको आरोप लगाइएको छ । आरोप पुष्टी भएको भए उनलाई न्यूनतम ७ वर्ष जेल सजाय हुन सक्थ्यो ।