दमक । ‘सडक सुरक्षा अभियान’ अन्तर्गत झापाको प्रहरीको टोलीले शुक्रबार जिल्लाका २ प्रमुख शहर बिर्तामोड र दमकको अवलोकन गरेको छ । संघीय प्रहर...
दमक । ‘सडक सुरक्षा अभियान’ अन्तर्गत झापाको प्रहरीको टोलीले शुक्रबार जिल्लाका २ प्रमुख शहर बिर्तामोड र दमकको अवलोकन गरेको छ । संघीय प्रहरी इकाई कार्यालय चन्द्रगढी र जिल्ला प्रहरी कार्यालय झापाले संयुक्त रुपमा सडककोे अवलोकन गरेको हो । अवलोकन गरेपछि अव्यवस्थित पार्किङका कारण दमक र बिर्तामोडमा दुर्घटना बढ्दै गएको प्रहरीले निष्कर्ष निकालेको छ ।
इकाई कार्यालय चन्द्रगढीका एसएसपी पिताम्बर अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीसहितको टोलीले दमक र बिर्तामोडको सडकको अवस्थाका बारेमा जानकारी लिएको हो । अवलोकनपछि संघीय प्रहरी इकाई कार्यालयका एसएसपी अधिकारीले अव्यवस्थित पार्किङ नै दुर्घटनाको प्रमुख कारण रहेको बताए । दमक र बिर्तामोडको प्रमुख समस्या भनेकै पार्किङ भएको उनले बताए । तिव्र रुपमा शहरीकरण बढेका कारण पार्किङ उचित नएकोले जिल्लामा धेरै दुर्घटना भईरहेको उनको भनाइ छ । इलेक्ट्रोनिक रिक्सा (सिटी सफारी) दुर्घटनाको अर्को कारण रहेको उनको बताए । झापामा मात्र नभइ तराई क्षेत्रकै अर्को समस्या सिटी सफारी रहेकोले सफारी चालकलाइ तालिमको जरुरी रहेको बताए । आफूहरुले अभियानका क्रममा चालकलाई सचेत गराउने र सडकमा पार्किङ गरेका सवारीलाई हटाउने काम गर्ने बताए । उनका अनुसार मेची अञ्चलमा गत आर्थिक वर्ष २०७३।७४ मा १२सय५९ वटा सवारी दुर्घटनामा परेकोमा जसबाट १०७ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा झापामा मात्र ८६ रहेको उनले बताए । दुर्घटना भएका मध्ये झापामा मात्र ८० प्रतिशत सवारी दुर्घटना भएको अधिकारीको भनाइ छ । सडक अतिक्रमण गरेर राखिएका निमार्ण सामाग्री तथा पसलका कारण पनि दुर्घटना बढ्दै गएको उनले बताए । उनले सडक डिभिजन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिहरुले सडक अतिक्रमण गरेका घरहरु तथा पसलहरु भत्काउन पहल गर्नुपर्ने देखिएको बताए । उनले अनुगमनका क्रममा सडकमा जताततै राखेका सवारी हटाईएको र यसरी नराख्न निर्देशन समेत दिइएको बताए । उनले झापाका सबै मुख्य शहरहरुमा रहेका सडकको निरिक्षण गर्ने बताए ।