बेलबारी भदौ २६। स्वर्गिक मार्ग संघ जिल्ला शाखा, मोरङ युवा समितिको आयोजनामा "रक्तदान जीवन दान, सबैमा हाम्रो आह्वान" मुल नारा सहि...
बेलबारी भदौ २६। स्वर्गिक मार्ग संघ जिल्ला शाखा, मोरङ युवा समितिको आयोजनामा "रक्तदान जीवन दान, सबैमा हाम्रो आह्वान" मुल नारा सहित सोमबार,भदौ २६ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
देशमा प्राकृतीक प्रकोप बाढि, पहिरोका कारण धेरै जनधनको क्षति र घाइते भएका र देशैभरी रगतको चरम अभाव भएको भन्दै रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक जेनिस क्षेष्ठले बताउनुभयाे। कार्यक्रमले भइरहेको रगत अभावलाई केही हद सम्म न्युनिकरण र पीडितले सहज रुपमा रगत पाउने क्षेष्ठले बताए। यस कार्यक्रमले समाजमा सकारात्मक सन्देश पुर्याएको छ।
रक्तदान कार्यक्रममा ४६ पाउन्ड बढी रगत सङ्कलन भएको छ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, धरान को प्राविधिक सहयोगमा गरिएकाे थियो। जम्मा भएको रगत नेपाल रेडक्रस सोसाइटी, धरान पठाइएको संयोजक क्षेष्ठले दिएका छन। रक्तदान कार्यक्रम विहान ८:०० बजे देखि १:०० बजे सम्म संचालन भएको थियो।
ऋषि राई