बेलबारी , जेसिज र स्थानीय नक्सालबारी युवा समुह लगायत केही मनकारीहरुकाे सहयाेग । करिब एकसाताअघि मोरङ बेलबारी १ नक्सालबारीकी एक ल तथा असाह...
बेलबारी , जेसिज र स्थानीय नक्सालबारी युवा समुह लगायत केही मनकारीहरुकाे सहयाेग।
करिब एकसाताअघि मोरङ बेलबारी १ नक्सालबारीकी एक
ल तथा असाहय ५२ बर्षिया बिष्णुमाया खडकाको भत्किएको घरमा पुग्दा उनी १० बर्षीय छोरा च्यापेर मलिन अनुहार लिएर मनकारी दाताहरुको आशमा थिईन । उनलाई आशा त थिएन यतिका बर्ष आफन्तले त के दैवले समेत आफनो पिडा नसुनेको र नदेखेको बेला के दाताहरुको मन पग्लिएला र आफुलाई सहयोग गर्लान । उनको भत्किएको घर निर्माणमा बेलबारी जेसिज र स्थानीय नक्सालबारी युवा समुह लगायत केही मनकारीहरुले उनको घर निर्माण सँगै उनको छोरालाई निशुल्क पढाईदिने खबर पाएपछि सोमबार बिहान ८ बजे त्याँहा पुग्दा माहोल अर्कै थियो ।
भत्किएको घर भएको ठाँउमा एउटा छानो लगाउने अबस्थामा पुगेको घर ठडिएको
थियो । घरको भुईँ ढलान कार्य भईरहेको थियो । नक्सालबारी युवा समुहका केही
युवाहरु,स्थानीय हस्त बहादुर थापा,छेवैको घरमा वडाअध्यक्ष चक्र बहादुर
खुलाल थिए । भुईँ ढलानका लागी बेलबारी जेसिजका अध्यक्ष माधवराज
थापा,उपाध्यक्ष दिपेन्द्र खुलाल मसाला मुछ्नका लागी बाल्टिनमा पानी बोक्न
ब्यस्त थिए भने महासचिब हेमसागर ढकाल मसला मुछ्नमा ब्यस्त थिए । केही युवा
छानो लगाउने तयारी गर्दै थिए ।
त्यतिकैमा बिष्णुमाया हस्याङफस्याङ गर्दै आईपुगिन,एकसाताअघि सम्म बोल्न समेत डराउने उनी हँसिलो मुद्रामा नजिकै आईन र भनिन म त बोल्न पनि जान्दिँन तरपनि जसले मेरो घर निर्माण गरिदिनुभयो साह्ै खुसी लागेको छ । एकसातायता त दाता बाटै आएको चामलले छाक टरेपछि उनले जंगलमा गएर दाऊरा ल्याउन समेत छोडेकी रहिछन । उनले छोराले निशुल्क पढन पाएकोमा झनै खुसी ब्यत्त गरिन । उनका छोरालाई जेसिजका उपाध्यक्ष दिपेन्द्र खुलाले निशुल्क पढने ब्यबस्था मिलाईदिएका रहेछन ।
गरिवीको पिडा एकातिर छँदै थियो,सँगै ज्युने सँगै मर्ने कसम खाएका श्रीमानलाई समेत दैवले चुँडेर लगेपछि बिक्षिप्त बनेकी मोरङ बेलबारी १ नक्सालबारीकी बिष्णुमाया खडकाको जिवनमा अर्को बिपत्ति आईपरेको थियो । अबिरल बर्षासँगै उनी बस्ने छाप्रो समेत भत्किएपछि उनको बिजोग भएको थियो । दाऊरा खोज्ने क्रममा छेस्कोले घोचेर एउटा आँखा समेत गुमाएकी उनी दाऊरा बेचेर जिवनयापन गर्दै आएकी थिईन । दाउरा समेत बिक्न छोडेपछि उनको जिवन झन असहज बन्दै गएको थियो ।
यही बिचमा उनको जिवनमा अर्को बज्रपात आईलाग्यो । बर्खाको झरीमा उनी यतिबेला बेसाहारा झै बनेकी थिईन । उनलाई बस्नका लागी उनका माईतीले १० धुर जग्गा दिएपनि आर्थिक अबस्था कमजोर भएका कारण भत्किएको घर ठड्याउन समेत उनलाई धौ धौ परेको थियो ।
स्राेत: Purbeli News