बेलबारि भदौ २७ । बेलबारी मोरङ, २०७४ असोज २७ र २८ गते आएको अविरल वर्षाका कारण आएको बाढिले बेलबारी वडा- १ भेडाका ८ घर परिवार पुर्ण रुपमा व...
बेलबारि भदौ २७ । बेलबारी मोरङ, २०७४ असोज २७ र २८ गते आएको अविरल वर्षाका कारण आएको बाढिले बेलबारी वडा- १ भेडाका ८ घर परिवार पुर्ण रुपमा विस्थापित भएका छन।
अविरल वर्षाले लोहोन्द्रा खोलामा आएको बाढिले ८ घरका ३२ सदस्यपुर्ण रुपमा विस्थापित भएका छन। पीडित परिवार अहिले बर्डागी चौरमा अस्थायी रुपमा टेण्डमा बस्दै आएका छन। पीडित परिवारहरु खोलामा बालुवा, गिटि मजदुरी गरेर गुजारा गर्दै आएका थिए भने हाल खोला बन्द भएका कारण निङ्रराे टिपेर गुजारा गर्दै आएका छन। खुल्ला चौर र नजिकै जङ्गल भएकाले राती जंगली जनावर हात्ति, सर्पको त्रास हुदै रात गुजारा गर्नुपर्ने एक पीडित कानुन ऋषि देवले बताए। पानी पर्दा पीडितहरु नजिकै को विधालयमा शरण लिने गरेका छन। खुला चौरको वासले गर्दा विशेष गरि गर्भवती महिला, बालबालिका, र वृद्ध वृद्रामा स्वास्थ समस्या देखापरेकाे एक पीडितले बताए।
बेलाबारी नगरपालिका र अन्य विभिन्न संघ सस्थाले राहत सामग्री दाल, चामल , खाने तेल, म्याट, टेण्ड बितरण गरेको छ। खाने कुरा को समस्या तत्काल नभएकोले अब पुर्न-स्थापनाको लागि बेलबारी नगरपालिका र विभिन्न संघसस्थालाई पीडितहरुले हार्दिक अपिल गरेका छन । ऋषि राई 



