शनिश्चरे/ दुवै मृगौलाले काम नगरेपछि उपचारमा आर्थिक समस्यामा परेका मोरङको पथरीशनिश्चरे १ का ४७ वर्षीय प्रकाश थापाको मृगौला प्रत्यारोपणका...
शनिश्चरे/दुवै
मृगौलाले काम नगरेपछि उपचारमा आर्थिक समस्यामा परेका मोरङको पथरीशनिश्चरे १
का ४७ वर्षीय प्रकाश थापाको मृगौला प्रत्यारोपणका लागि देश विदेशबाट
हालसम्म २ लाख ६१ हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।
‘प्रकाश थापा बचाऔंं अभियान समिति’का
साथै स्थानीय समाजसेवी भीमकुमार राई, यमुना विष्ट, सुरेश कार्की र दीपक
बस्नेतको अगुवाईको पहलबाट ५७ जनाबाट ५८ हजार ३ सय ८५, शान्ति सामुदायिक वन
समितिबाट ५० हजार, वन समिति सदस्यहरुबाट ५० हजार सहयोग प्रदान भएको छ ।
सेवा निवृत्त राष्ट्रसेवक हकहित समाज
पथरीशनिश्चरे नगर कमिटीमार्फत ६४ जनाबाट ३१ हजार ८ सय ७१, आरती
वहुउद्धेश्यीय सहकारीका शेयर सदस्यबाट १७ हजार ५ सय, वडा नम्बर १ का
वडाध्यक्ष वावुराम एङ्देन सहितका वडा सदस्यहरुबाट ११ हजार रुपैयाँ संकलन
गरी थापाको परिवारलाई हस्तान्तरण भएको छ ।
अमेरिकामा रहेका पथरीशनिश्चरे ४ का भूपेश
संग्रौलाले १० हजार, स्थानीय कन्तुर सहकारीले ९ हजार र शिखरचोकबाट ९ हजार र
पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङबाट ५ हजार सहयोग प्राप्त
भएको थापाका छोरा अभिषेकले बताए । उनले यो बेला मृगौला प्रत्यारोपणमा १५
लाख बढी रुपैयाँ खर्च हुने जनाए ।
आर्थिक कठिनाइमा रहेका थापाको उपचारमा
सहयोग जुटाउन स्थानीय युवाहरुले कम्प्युटर जोनका प्रमुख युवा व्यवसायी मनोज
श्रेष्ठको संयोजकत्वमा ‘प्रकाश थापा बचाऔंं अभियान समिति’ गठन गरेर सहयोग
सकलन अभियान अघि बढाएका छन् ।
विपन्न परिवारका समाजसेवी थापाको ०७३
फागुनबाट दुवै मृगौलाले काम नगरेपछि काठमाडौंको वीर अस्पतालमा डाइलोसिस
भइरहेको छ् । राष्ट्यि वाणिज्य वैंक पथरी शाखाको सुरक्षा कर्मचारीका रुपमा
कार्यरत उहाँ गत फागुनदेखि विरामी परेर आफ्नो जागिर समेत छोडिएको अवस्था छ ।
०७४ वैशाखदेखि परिवारै सहित काठमाडौंमा
बसेर उपचार गराइरहेका छन् । निशुल्क डाइलोसिस भइरहेपनि साताको २ पटक
डाइलोसिस गराउँदा रगत लगाउन, औषधि सेवन गर्न र खाना वस्न गरी मासिक ३० हजार
रुपैयाँ खर्च हुने गरेको छ । आफ्नो उपचारमा हालसम्म ५ लाख वढी खर्च
भइसकेको थापाले दुखेसो पोखे ।
ऋणपान गरेर उपचार भइरहेको अवस्थामा मृगौला
प्रत्यारोपणका लागि अझ समस्या भइरहेको छ । यसखाले अप्ठेरो परिस्थिती
बुझेपछि नगरका युवाहरुले थापालाई वचाउने अभियानका लागि समिति गठन गरेर
सहयोगका लागि सवैलाई आव्हान गरिएको संयोजक श्रेष्ठले जनाए । मृगौला
प्रत्यारोपण गरेर पुरा आयु जीवन वाँच्ने थापाको अभिलासालाई साकार पार्न
सहयोगी हातहरुको अत्यन्तै आवश्यकता परेकाले उनको पुकारलाई मनन् गर्दै देश र
विदेशमा रहनेले सक्दो सहयोग पुर्याइदिन समितिले फेसवुक पेजमार्फत समेत
अपील गरेको छ ।
जसका लागि उनकी श्रीमती अनिता थापाको
नाममा राष्ट्रिय वाणिज्य बैंक ,पथरी शाखाको खाता नम्बर २५६०००२१६५१० मा
समेत सहयोग गर्न समितिले आव्हान गरेको छ ।