२४ भदौ, कलैया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइस...
एमाले अध्यक्ष केपी ओलीले मधेस विरोधी अभिव्यक्ति दिँदै आएका बताउँदै उनले ओलकै कारण मधेसका जनता एमालेप्रति रुष्ट रहेको उनले बताए । कलैयामा आयोजित साक्षात्कारमा उनले भने, ‘एमाले मधेस विरोधी दलका रुपमा स्थापित भइसक्यो ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संसदको निर्वाचनअघि सरकार परिवर्तन असम्भव रहेको बताए । उनले भने, ‘यसपटक सोचेअनुसार चुनावी तालमेल हुन सकेन, तर राष्ट्रको आवश्यकताअनुसार गठबन्धन अझै लम्ब्याउनु जरुरी छ ।’
कांग्रेसको आन्तरिक द्वन्द्वले दुई दलबीच तालमेल प्रभावित भएको उनको स्विकारोक्ति छ ।