असाेज ५ ,वेलवारी ।आज भोली बेलबारीमा तीन, चार घण्टा पानी प¥यो कि व्यापारीहरू शिसौली खोलातिर हेर्न थाल्छन् । कारण भर्खरै शिसौली खोलामा आएको ...
असाेज ५ ,वेलवारी ।आज भोली बेलबारीमा तीन, चार घण्टा पानी प¥यो कि व्यापारीहरू शिसौली खोलातिर हेर्न थाल्छन् ।
कारण भर्खरै शिसौली खोलामा आएको बाढीले ब्यापारीहरूलाई करोडौँ नोक्सान गरिदिएको छ ।
गत साउन २७ र २८ गते परेको अविरल वर्षाले बेलबारीमा धेरैको विचल्ली गरायो । सुख, दुःख जे जसो भएपनि दुई छाक टार्न पुगि रहेको व्यापारका सम्पूर्ण सामानहरू बाढिले बगाई दिएपछि उनीहरू विचल्ली भएका हुन् ।
बेलबारीको मुटु भनेर चिनिने बजार क्षेत्र पुर्णरुपमा डुवान भयो । साउन २७ गते शुक्रबार रातीदेखि परेको अविरल वर्षाले २८ गते शनिवार मध्यान्ह सम्ममा बेलबारीको बजार क्षेत्र पुर्ण रुपमा डुवार्इ सकेको थियो ।
पानीको वहाव बढ्दै जाँदा व्यापारका लागि राखिएको लत्ता कपडा, किराना पसलका सामान, फर्निचर, ल्याप्टप तथा इलोक्ट्रोनिक सामग्रीहरू, जुत्ता–चप्पल, भाँडा पसल, इस्टेष्नरी, औषधी पसल, सुन–चाँदी पसल, होटल आदी सबै–सबै ढुवानमा परे । डुवानबाट एक करोड ३५ लाखको क्षति भएको बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र सुवेदीले बताए ।
बेलबारी–१ सिनेमा हल लाइनका व्यापारी तथा स्थानिय वासीहरूले डुवानको सबै भन्दा ज्याद नोक्सानी व्यहोर्नु प¥यो । पानीले ३ फिटसम्म डुवान गरेको स्थानिय वासी केशव थापा मगरले बताए । निरन्तर मुसल्धारे पानी परेपछि शिसौली खोलामा आएको बाढिले आफ्नो मुल धार परिवर्तन गरी बजार क्षेत्रमा प्रवेस गरेको थियो । शिसौली खोलामा बढेको पानी आफ्नो गतिमा बग्न नसक्दा मानव बस्तिमा पसेको थियो ।
पानी सबै पसल भित्र पसेकाले लाखौँ बराबरको खाद्यन्न तथा किराना सामाग्री नष्ट भएको पीडित किराना व्यपारि विष्णु मण्डलले बताए । बेलबारी पटक–पटक डुवान हुँदै आएको छ । २०६० र २०६४ सालमा पनि बजार क्षेत्र डुवान भएको व्यपारी रत्न मान श्रेष्ठले बताए ।
‘बेलबारीका जग्गा व्यापारी तथा खोला अधिक्रमण गरी बस्ने मानिसहरू स्वार्थ आफ्नो भन्दा माथि उठ्नु पर्छ । खोलालाई प्राकृतिक रुपमा आफ्नौ लयमा बग्न दिने हो भने चाँडै समस्याको समाधान हुनेछ ।’ स्थानिय पत्रकार नारायण राईको भनाई ।
बेलबारी बजारलाइ पुर्ण रुपमा डुवान मुक्त गर्न खोला अतिक्रमण गरी बनाइएका भौतिक संरचना तथा घरहरू भत्काई उचित व्यवस्थापन नगरेसम्म यो समस्या जस्ताको त्यस्तै रहने आम बेलबारी बासीको भनाई छ । खोलाको धारलाई पहिले कै स्थानबाट निकासा दिन दिगो र उचित कार्यक्रम बेलबारी नगरपालिकाले ल्याउनु पर्ने समेत स्थानीय वासीहरूको माग छ ।
‘४९ सालतिर १४, १५ दिनसम्म पानी पर्दा पनि कै नहुने ठाउँमा आज भोली दुई दिन पानी पर्दा डुवान हुन थालेको छ । पहिले बेलबारीमा धेरै खोला तथा पैनीहरू थिए । पुरानो बेलबारीदेखि लोहोन्द्रा खोलासम्म हेर्ने हो भने ६, ७ ओटा खोला तथा पैनीहरू थिए । तर आज ती खोला तथा पैनीहरू अधिक्रमणमा परेर विलिन तथा साँघुरो बनिएका कारण डुवान भएको बेलबारी नगरपालिकाका निर्वाचित जनप्रतिनिधि रसिन लामाको तर्क छ । यसको लागि नगरपालिकामा छलफल गरी पुरानो पैनी तथा खोलाको भाग खोजीने र त्यसैबाट नै पानीको निकास गराउने समेत लामाले बताए । त्यो भन्दा अर्को विकल्प पनि नभएको लामाको भनाई छ । लोहोन्द्रा कटान र बजार डुवान बेलबारीको प्रमुख समस्या भैसकेको छ ।
त्यस समस्याको समाधानका लागि नगरवासी सबै एक जुट हुनु पर्ने लामाको राय छ । ऋषि राई