२७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन जाने भएका छन् । २४ सदस्यीय प्रतिनिधिमण्डलको ...
२७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको
७२ औं महासभामा भाग लिन जाने भएका छन् । २४ सदस्यीय प्रतिनिधिमण्डलको
नेतृत्व गर्दे आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई
सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत
गरेको छ । प्रधानमन्त्रीको टोलीमा न्यूयोर्कस्थित नेपाली दूतावासबाट थप २१
सदस्य सहभागी हुनेछन् । प्रधानमन्त्री भ्रमण टोलीको नौ दिनका लागि चार
करोड ५५ लाख ४१ हजार खर्च हुने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रधानमन्त्रीपत्नी आरजु राणा सल्लाहकारका रुपमा महासभामा भाग लिँदैछिन् ।
स्राेत: onlinekhabar
प्रधानमन्त्रीपत्नी आरजु राणा सल्लाहकारका रुपमा महासभामा भाग लिँदैछिन् ।
स्राेत: onlinekhabar