सिरहा, १७ भदौं । सिरहा जिल्लामा चुल्ठो काटिएर घाइते बनेकी एक महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । सुखिपुर नगरपालिका– ७ की अन्दाजी २५ व...
सिरहा, १७ भदौं । सिरहा जिल्लामा चुल्ठो काटिएर घाइते बनेकी एक
महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । सुखिपुर नगरपालिका– ७ की अन्दाजी २५
वर्षीया लक्ष्मीनिया मुखियाको मृत्यु भएको हो । पीडित परिवारका अनुसार
शुक्रबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला ती महिलाको चुल्ठो काटिएको
थियो । चुल्ठो काटिएपछि बेहोस भएकी मुखियालाई लहानस्थित ओम गुरुकुल
पोलिक्लिनिकमा उपचारका लागि ल्याइएको थियो ।
तर, उपचारका क्रममा तीन घण्टापछि शुक्रबार साँझ करिब ७ बजे मुखिया को मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । १० दिनमै सिरहाको लहान, गोलबजार, मिर्चैया, सारश्वर गरी १५ भन्दा बढी महिलाको चुल्ठो काटिएको छ । कसैले अदृष्य शक्तिले चुल्ठो काटेको बताइरहेका छन् । कसैले किराले चुल्ठो काटेको दावी गरिरहेका छन् । सिरहामा महिलाको चुल्ठो काट्ने आतंकले सर्वसधारण रातभर सुत्न पाइरहेका छैन् । साभार श्राेतः दैनिक नेपाल