धरान/ धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कर्मचारीको राजनितीका कारण प्रतिष्ठान अस्तब्यस्त भएको भन्दै धरान एकता समाजले ...
धरान/धरान स्थित वीपी
कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कर्मचारीको राजनितीका कारण
प्रतिष्ठान अस्तब्यस्त भएको भन्दै धरान एकता समाजले त्यस्ता कर्मचारीलाइ
कारबाही गर्न माग गरेको छ ।
सोमबार
प्रतिष्ठानका उपकुलपती प्राडा राजकुमार रौनियारलाई ज्ञापन पत्र बुझाउदै
धरान एकता समाजले प्रतिष्ठानमा कार्यरत केही कर्मचारीहरु पुर्णकालिन
राजनितीमा लागेको र प्रतिष्ठानलाई बद्नाम गराउन लागि परेको भन्दै त्यस्ता
कर्मचारीलाई कारबाही गर्न माग गरेको हो ।
समाजका अध्यक्ष सन्नी श्रेष्ठ र संम्रक्षक
संदिप श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा प्रतिष्ठानको जागिर खाएर
राजनैतिक दलको जिल्ला सचिब,महाधिबेशन प्रतिनिधी,क्षेत्रिय सदस्य जस्ता
पुर्णकालिन पदमा बसेका र प्रतिष्ठानलाई राजनिती गर्ने अखडा बनाउन तल्लिन
ब्यक्तिहरुलाई तत्काल कारबाही नगरे उपकुलपती रौनियारलाई नै निकम्मा घोषणा
गर्ने चेतावनी दिएका छन् ।
उता उपकुलपी डा रौनियारले भने
प्रतिष्ठानको हित बिपरीत काम गर्नेलाई कारबार्ही गर्ने बताएका छन्
ज्ञापन पत्र बुझ्दै उनले प्रतिष्ठान सबैको
साझा सम्पती भएको भन्दै यसलाई राजनीती गर्ने थलो भन्दा पनि गुणस्तरीय
स्वास्थ्य सेवा,चिकित्सा क्षेत्रको दक्ष जनशक्ति उत्पादन तथा खोज र
अनुसन्धानमा नमुना केन्द्रको रुपमा बिकास गर्नु पर्ने उनले बताए । आफु
प्रतिष्ठानका हरेक क्षेत्रलाई ब्यबस्थित र चुस्त बनाउन लागि परेको उनले
बताए

